कोशी प्रदेशको पुनः नामकरण माग गर्दै विराटनगरमा प्रदर्शन « Khabarhub

कोशी प्रदेशको पुनः नामकरण माग गर्दै विराटनगरमा प्रदर्शन


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिचान पक्षधरहरूले कोशी प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने मागसहित विराटनगरमा विरोध प्रदर्शन गरेका छन् ।

आइतबार विराटनगरमा प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संर्घष समितिको नेतृत्वमा विरोध प्रदर्शन भएको हो ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुषालले संविधानमाथि विभिन्न नाममा आक्रमणको प्रयास भएकाले यसको रक्षा र थप उपलब्धिका लागि एकजुट हुनुको विकल्प नभएको बताए ।

उनले अहिले संविधान संशोधन गर्ने तयारी भइरहेकाले आन्दोलनबाट प्राप्त संविधानको उपलब्धिको रक्षा गर्नु पहिलो दायित्व भएको उल्लेख गरे ।

निर्वाचन वा आन्दोलनबाट मात्र प्रदेशको नाम परिवर्तन गर्न सकिने भएकाले प्रदेश सभामा दुई तिहाइ मत ल्याएर पहिचान सहितको नाम राख्न सकिने उनको भनाइ छ ।

सो विरोध सभाअघि विराटनगरको बिजुली अफिस देखि महेन्द्र चोकसम्म प्रदर्शन गरिएको थियो । पहिचान पक्षधरहरूले यसअघि गरेको आन्दोलनका क्रममा झडप भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडा सुरक्षा दिएको थियो ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ७ : २० बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब