ज्ञान र योगका माध्यमबाट समाजमा आध्यात्मिक जागरण ल्याउन योगदान पुग्छ : राष्ट्रपति पौडेल « Khabarhub

ज्ञान र योगका माध्यमबाट समाजमा आध्यात्मिक जागरण ल्याउन योगदान पुग्छ : राष्ट्रपति पौडेल


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान र योगका माध्यमबाट व्यक्ति तथा समाजमा आध्यात्मिक जागरण ल्याउन योगदान पुग्ने बताएका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा स्थापना भएको ब्रह्मकुमारी ज्ञान सरोवर एकेडेमी तथा रिट्रिट सेन्टरको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले ब्रह्मकुमारीले चलाएको आध्यात्मिक जागरणको अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य एवं सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।

राष्ट्रपति पौडेलले भने, “नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको देश हो । पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता एवं ऐक्यबद्घता देख्न सकिन्छ । जसका कारण विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत पुग्ने विश्वास छ ।”

मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महशुस वर्तमान विश्वले गरिरहेको बताए । उनले भने, “आज मानिस भौतिक विकासभित्र सुख र शान्तिका लागि भौंतारीरहनुको कारण पनि यहि हो । विश्वमा चरम भौतिक विकासको चाहना र होडवाजी बढ्दै गएका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव र सहयोगको भावना खस्कदै गएको छ ।”

राष्ट्रपति पौडेलले नेपालमा करिब ६ दशकदेखि र विश्वमा ८७ वर्षदेखि शान्ति, सद्भाव र भाइचाराकोे उत्थानमा लागेको ब्रह्मकुमारी नेपालले मानवमात्रको चरित्र तथा कर्म उत्थान गर्ने पवित्र अभिप्रायले निर्माण गरेको सो ज्ञानसरोवर एकेडेमी तथा रिट्रिट सेन्टरबाट सुखी र शान्त समाजको स्थापनामा सहयोग पुग्ने बताउनुभयो । सो अवसरमा उहाँले भवन उद्घाटनसँगै शिलालेखसमेत अनावरण गरे ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ७ : २६ बजे

तस्बिरमा हेर्नुहोस्, हेटौँडाको राष्ट्रियसभा निर्वाचन 

काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन

मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल

काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक