ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा १० लाख क्षति « Khabarhub

ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा १० लाख क्षति


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

रसुवा – ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा रसुवाको गुम्बुडाँडामा एउटा घरमा क्षति पुगेको छ ।

इलाका प्रहरी कार्यालय कालिकास्थानका प्रहरी निरीक्षक पन्नालाल यादवका अनुसार आगलागीबाट कालिका गाउँपालिका–२ गुम्बाडाँडाका मानबहादुर गोलेको घरमा क्षति भएको हो ।

खाना पकाउने क्रममा सिलिण्डर पड्किएको हो । आगलागीबाट रू १० लाख बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । पीडितलाई कालिका गाउँपालिकाले आजै राहत सामग्री वितरण गरेको छ ।

यसैबीच प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको अध्यक्षतामा आज जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ । बैठकमा रसुवाका पाँचवटै गाउँपालिकाका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, सुरक्षाकर्मीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ८ : २३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको