प्रचण्डको ‘चिनियाँ कार्ड’ अभिव्यक्ति कूटनीतिक मर्यादाहीन : भीम रावल « Khabarhub

प्रचण्डको ‘चिनियाँ कार्ड’ अभिव्यक्ति कूटनीतिक मर्यादाहीन : भीम रावल


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कार्ड प्रयोग गरेर चीन भ्रमणमा जान लागेको’ भन्ने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ गैरजिम्मवार र कूटनीतिक मर्यादाहीन भएको बताएका छन् ।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत रावलले देशका प्रधानमन्त्री भइसकेको व्यक्तिले आफ्नो देशको स्वाधीनता र आत्मनिर्णयको अधिकारविरुद्ध विदेशी पत्रिकामा दिएको उक्त अभिव्यक्ति आपत्तिजनक भएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘ प्रचण्डले भारतको एक पत्रिकामा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणलाई ‘चिनियाँ कार्ड’ खेलेको भन्दै गलत भन्नुभएछ ।  देशको प्रधानमन्त्री भइसकेको व्यक्ति आफ्नो देशका स्वाधिनता र आत्मनिर्णयको अधिकारका विरुद्ध विदेशी पत्रिकामा दिएको उक्त अभिव्यक्ति आपत्तिजनक छ ।

साथै रावलले प्रधानमन्त्रीले देशका आवश्यता र हितका लागि विदेश भ्रमण गर्नुपर्ने उल्लेख गरेका छन् । उनले देशको हित विपरीत बोल्न लाज पनि नलाग्ने ! पद भने सधै प्रम र अध्यक्ष नै चाहिने ? भन्दै प्रश्न समेत गरेका छन् ।

‘कसैलाई सोधेर वा बक्साएर नेपालका प्रमको विदेश भ्रमण तय हुने होइन । यस्तो यथार्थ विपरीत आफ्नै देशको हितविपरीत बोल्न लाज पनि नलाग्ने ! पद भने सधै प्रम र अध्यक्ष नै चाहिने ?’ रावलले उल्लेख गरेका छन् ।

यस्तो छ रावलले सामाजिक सञ्जालमा राखेको धारणा
पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको द हिन्दु पत्रिकामा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणलाई ‘चिनियाँ कार्ड खेलेको’ भन्दै ‘गलत’ भन्नुभएछ । साथै अब भारतसँग सम्बन्ध ‘बिग्रिने’ र नेपालमा सीमासम्बन्धी समस्या उठ्ने भन्नुभएछ । उहाँको आशय भारतको भ्रमण नगरी नेपालका प्रधानमन्त्रीले चीन जानुहुन्न भन्ने रहेछ ।

देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले आफ्नो देशको स्वाधीनता र आत्मनिर्णयको अधिकारका विरुद्ध विदेशी पत्रिकामा उक्त कुरा गर्नु आपत्तिजनक छ । यस्तो गैरजिम्मेवार तथा कूटनीतिक मर्यादाहीन अभिव्यक्तिको देशभक्त नेपालीले विरोध गर्नुपर्छ । प्रचण्डले उक्त भनाई फिर्ता लिनुपर्छ । प्रधानमन्त्री वा सरकारमा रहेकाहरूले देशको आवश्यकता र हितको लागि विदेश भ्रमण गर्ने हो । यही आधारमा कुन बेला कहाँ जाने भन्ने तय हुनुपर्छ ।

यसो गर्न जसरी छिमेकी लगायत देशका नेताहरू स्वतन्त्र छन्, नेपाल सरकार पनि स्वतन्त्र छ । कसैलाई सोधेर वा बक्साएर नेपालका प्रधानमन्त्री लगायतका सरकारी व्यक्तिको विदेश भ्रमण तय हुने होइन । यस्तो यथार्थविपरीत आफ्नै देशको हितविपरीत बोल्न लाज पनि नलाग्ने । पद भने सधैँ प्रधानमन्त्री र अध्यक्ष नै चाहिने ?

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ९ : ४१ बजे

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश