प्रचण्डको ‘चिनियाँ कार्ड’ अभिव्यक्ति कूटनीतिक मर्यादाहीन : भीम रावल « Khabarhub

प्रचण्डको ‘चिनियाँ कार्ड’ अभिव्यक्ति कूटनीतिक मर्यादाहीन : भीम रावल


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कार्ड प्रयोग गरेर चीन भ्रमणमा जान लागेको’ भन्ने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ गैरजिम्मवार र कूटनीतिक मर्यादाहीन भएको बताएका छन् ।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत रावलले देशका प्रधानमन्त्री भइसकेको व्यक्तिले आफ्नो देशको स्वाधीनता र आत्मनिर्णयको अधिकारविरुद्ध विदेशी पत्रिकामा दिएको उक्त अभिव्यक्ति आपत्तिजनक भएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘ प्रचण्डले भारतको एक पत्रिकामा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणलाई ‘चिनियाँ कार्ड’ खेलेको भन्दै गलत भन्नुभएछ ।  देशको प्रधानमन्त्री भइसकेको व्यक्ति आफ्नो देशका स्वाधिनता र आत्मनिर्णयको अधिकारका विरुद्ध विदेशी पत्रिकामा दिएको उक्त अभिव्यक्ति आपत्तिजनक छ ।

साथै रावलले प्रधानमन्त्रीले देशका आवश्यता र हितका लागि विदेश भ्रमण गर्नुपर्ने उल्लेख गरेका छन् । उनले देशको हित विपरीत बोल्न लाज पनि नलाग्ने ! पद भने सधै प्रम र अध्यक्ष नै चाहिने ? भन्दै प्रश्न समेत गरेका छन् ।

‘कसैलाई सोधेर वा बक्साएर नेपालका प्रमको विदेश भ्रमण तय हुने होइन । यस्तो यथार्थ विपरीत आफ्नै देशको हितविपरीत बोल्न लाज पनि नलाग्ने ! पद भने सधै प्रम र अध्यक्ष नै चाहिने ?’ रावलले उल्लेख गरेका छन् ।

यस्तो छ रावलले सामाजिक सञ्जालमा राखेको धारणा
पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको द हिन्दु पत्रिकामा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणलाई ‘चिनियाँ कार्ड खेलेको’ भन्दै ‘गलत’ भन्नुभएछ । साथै अब भारतसँग सम्बन्ध ‘बिग्रिने’ र नेपालमा सीमासम्बन्धी समस्या उठ्ने भन्नुभएछ । उहाँको आशय भारतको भ्रमण नगरी नेपालका प्रधानमन्त्रीले चीन जानुहुन्न भन्ने रहेछ ।

देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले आफ्नो देशको स्वाधीनता र आत्मनिर्णयको अधिकारका विरुद्ध विदेशी पत्रिकामा उक्त कुरा गर्नु आपत्तिजनक छ । यस्तो गैरजिम्मेवार तथा कूटनीतिक मर्यादाहीन अभिव्यक्तिको देशभक्त नेपालीले विरोध गर्नुपर्छ । प्रचण्डले उक्त भनाई फिर्ता लिनुपर्छ । प्रधानमन्त्री वा सरकारमा रहेकाहरूले देशको आवश्यकता र हितको लागि विदेश भ्रमण गर्ने हो । यही आधारमा कुन बेला कहाँ जाने भन्ने तय हुनुपर्छ ।

यसो गर्न जसरी छिमेकी लगायत देशका नेताहरू स्वतन्त्र छन्, नेपाल सरकार पनि स्वतन्त्र छ । कसैलाई सोधेर वा बक्साएर नेपालका प्रधानमन्त्री लगायतका सरकारी व्यक्तिको विदेश भ्रमण तय हुने होइन । यस्तो यथार्थविपरीत आफ्नै देशको हितविपरीत बोल्न लाज पनि नलाग्ने । पद भने सधैँ प्रधानमन्त्री र अध्यक्ष नै चाहिने ?

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ९ : ४१ बजे

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश

पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले