रक्षा क्षेत्रको विकास गर्न भारतले क्वान्टम प्रविधिमा जोड दिने « Khabarhub

रक्षा क्षेत्रको विकास गर्न भारतले क्वान्टम प्रविधिमा जोड दिने


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले रक्षा क्षेत्रको विकासका लागि क्वान्टम प्रविधिमा जोड दिने भएको छ । रक्षा क्षेत्रमा क्वान्टम र विद्युतीय प्रविधिको प्रयोगसम्बन्धी सम्मेलनमा भारतीय सेनाका प्रमुख जनरल अनिल चौहानले यस्तो बताएका हुन् ।

आधुनिक युद्धकार्यमा क्वान्टम प्रविधिको ठूलो रणनीतिक महत्व रहेको उल्लेख गर्दै जनरल चौहानले भारले पनि यसको प्रयोग अघि बढाउने बताए । जटिल भूराजनीतिक अवस्थितीमा क्वान्टम प्रविधिको प्रयोगले भारतलाई संसारकै अग्रणी मुलुक बनाउने दाबी गरे ।

पछिल्लो समय विद्युतीय युद्धकार्यमा कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ, क्वान्टम प्रणालीजस्ता नवीन प्रविधिलाई समावेश गर्नु अत्यावश्यक रहेको उनको भनाइ छ । उनले दक्ष जनशक्तिको उत्पादन, शोध अनुसन्धानमा लगानी, रक्षा उत्पादन एवम् प्राविधिक साझेदारीजस्ता कारणले छोटो समयमा नै भारत क्वान्टम प्रविधिमा अग्रणी मुलुकका रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ११ : ०४ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी