पाकिस्तानमा दैनिक उपभोग्य सामानमा अस्वभाविक मूल्यवृद्धि « Khabarhub

पाकिस्तानमा दैनिक उपभोग्य सामानमा अस्वभाविक मूल्यवृद्धि


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा दैनिक उपभोग्य वस्तुको मूल्यमा उच्च वृद्धि देखिएको छ । सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने प्रतिबद्धता जनाएपनि पाकिस्तानको रावलपिण्डी शहरमा अत्यावश्यक वस्तुको मूल्यमा उच्च वृद्धि देखिएको हो ।

पाकिस्तानबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युनका अनुसार रावलपिण्डीमा कालो मुग दालको मूल्य ६ सय रुपैयाँ प्रतिकिलो पुगेको छ । त्यसैगरी, चनाको दालको मूल्य ४ सय रुपैयाँ प्रतिकिलो, खानेतेलको भाउ ५ सय २० रुपैयाँ प्रतिलिटिर पुगेको छ भने एक कार्टुन घिउको भाउ १५ सय रुपैयाँले वृद्धि भएको छ ।

मसलाको मूल्यमा ५० प्रतिशतको वृद्धि देखिएको छ । रावलपिण्डीमा एक किलो कुखुराको मासु ६ सय ५० रुपैयाँ पुगेको छ । एक दर्जन अण्डाको मूल्य ३ सय ३० रुपैयाँ पुगेको छ । त्यसैगरी, उक्त शहरमा दूधको मूल्य २ सय २० रुपैयाँ प्रतिलिट पुगेको छ ।

ट्रिब्युनका अनुसार दही एक किलोको २ सय ४० रुपैयाँ पर्छ । दैनिक उपभोग्य वस्तुको मूल्य उच्च भएपछि सो शहरमा बसोबास गर्ने निम्न र मध्यम वर्गका मानिसहरु मारमा परेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ३ : ०५ बजे

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको