युरो २०२५ को ‘ड्र’ सार्वजनिक | Khabarhub Khabarhub

युरो २०२५ को ‘ड्र’ सार्वजनिक


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वीट्जरल्याण्डमा अर्को वर्ष हुने युरो २०२५ को समूह विभाजन भएको छ। सार्वजनिक ड्रमा फ्रान्स र नेदरल्यान्ड्स रहेको समूहमा इङ्गल्यान्ड र वेल्स परेका छन्।

सोमबार सार्वजनिक भएको ड्रको समूह ‘ए’मा स्वीट्जरल्याण्ड, नर्वे, आयसल्यान्ड र फिनल्यान्ड छन्। यसैगरी समूह ‘बी’मा स्पेन, पोर्चुगल, बेल्जियम र इटाली छन्।

समूह ‘सी’मा जर्मनी, पोल्यान्ड, डेनमार्क र स्विडेन छन्। समूह ‘डी’मा फ्रान्स, इङ्गल्यान्ड, वेल्स र नेदरल्यानड्स छन्।

इङ्गल्यान्डकी प्रशिक्षक वेगनले समूह ‘डी’का खेल अत्यन्त रोचक हुने प्रतिक्रिया दिएकी छिन्। सन् २०२२ यता विश्व फुटबलमा धेरै परिवर्तन आइसकेको उनको मत छ।

युरो कपको समूह चरणको पहिलो खेल २ देखि ५ जुलाईको बीचमा हुनेछ। समूह चरणको दोस्रो खेल ६ देखि ९ जुलाइका बीचमा हुनेछ। समूह चरणको तेस्रो खेल १० देखि १३ जुलाइका बीचमा हुनेछ।

क्वार्टर फाइनल १६ देखि १९ मा हुनेछ। सेमिफाइनल २२ र २३ जुलाइमा हुनेछ उपाधिको टुङ्गो २७ जुलाई मा हुनेछ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ९ : ०७ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका