मेचीनगरमा अपाङ्गता पहिचान गर्न १५ दिने अभियान « Khabarhub

मेचीनगरमा अपाङ्गता पहिचान गर्न १५ दिने अभियान


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको मेचीनगरमा अपाङ्गता भएकाहरूको पहिचान गरी परिचयपत्र वितरण गर्ने उद्देश्यले विशेष स्वास्थ्य शिविरसहित १५ दिने अभियान सञ्चालन गरिएको छ ।

कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले मेचीनगर–१ को बाहुनडाँगीमा सोमबार एक कार्यक्रमबीच अभियानको उद्घाटन गरे ।

उनले अपाङ्गता भएकाहरूको सुविधा र हितका लागि प्रदेश सरकारले स्थानीय पालिका र करुणा फाउन्डेसनसँगको सहकार्यमा स्वास्थ्य शिविरसहित विविध कार्यक्रमार्फत अभियान सञ्चालन गरिरहेको बताए ।

मेचीनगर नगरपालिकाले आगामी १५ दिनभित्रमा नगरका १५ वटै वडामा शिविर सञ्चालन गरी अपाङ्गता भएकाहरूलाई परिचयपत्र वितरण गर्ने जनाएको छ ।

प्रत्येक वडामा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मी र कर्मचारीको टोली खटाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए ।

शारीरिक अशक्त भएका व्यक्तिलाई वडा तथा नगरपालिका धाउने झञ्झट नहोस् भनेर वडातहमा शिविरको आयोजना गरिएको भन्दै यसबाट लक्षितवर्ग लाभान्वित हुने नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले विश्वास व्यक्त गरे ।

अपाङ्गता भएका व्यक्तिहरूको पहिचान र बृहत्तर हितका लागि विशेष कार्यक्रम सञ्चालन गर्न मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकार र करुणा फाउन्डेसनबीच एक करोड ४२ लाख रुपैयाँ सहयोगको त्रिपक्षीय सम्झौता भएको उनले जानकारी दिए ।

उक्त कार्यक्रमबाट मेचीनगरमा नवजात शिशुको जाँचमा वृद्धि, बाल स्वास्थ्यमा सुधार, अपाङ्गता भएका व्यक्तिहरूको जीवनको गुणस्तरमा सुधार, शिक्षामा पहुँच वृद्धि, परिवारको सशक्तीकरण र जीविकोपार्जनमा सुधार, सामाजिक क्रियाकलापमा पहुँच वृद्धि, क्षमता अभिवृद्धिमा सहयोग र प्रशासन तथा व्यवस्थापन सुदृढीकरणमा सहयोग पुग्ने नगरका उपप्रमुख मीना उप्रेतीले बताइन् ।

मेचीनगर क्षेत्रमा तीन हजार २७ जना अपाङ्गता भएका व्यक्ति रहेकामा हाल एक हजार सात सय ४४ जनाको मात्रै विवरण दर्ता छ ।

प्रत्येक वडामा एक–एक दिन सञ्चालन गरिने शिविरमा स्वास्थ्य परीक्षण, श्रवण यन्त्र, ह्वीलचियर, कृत्रिम हातखुट्टाको नापजाँच, विद्यालय भर्नालगायत सेवा उपलब्ध हुने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।

शिविरमा स्वास्थ्य परीक्षणका लागि आँखा, कान, मनोविद्लगायत विशेषज्ञ चिकित्सक परिचालन गरिएको नगर कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ९ : ५० बजे

मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद

कास्की – गए रातिको अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने पक्राउ

वीरगन्ज – प्रहरीले अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने कार्यमा

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने