चिलिमे जलविद्युतले १२ प्रतिशत बोनस दिने « Khabarhub

चिलिमे जलविद्युतले १२ प्रतिशत बोनस दिने


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस दिने भएको छ ।

कम्पनीको सोमबार बसेको ४३८औँ सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस दिने निर्णय गरेको कम्पनीका सचिव नारायण प्रसाद आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार कम्पनीले चुक्ता पुँजीको ७९ करोड ८४ लाख रुपैयाँ बराबर १० प्रतिशत बोनस शेयर र चुक्ता पुँजीको १५ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको २ प्रतिशत करसहित नगद लाभांश दिने भएको हो।

कम्पनीको हाल चुक्ता पुँजी ७ अर्ब ९८ करोड ३९ लाख ९७ हजार रुपैयाँ बराबरको रहेको छ ।

उक्त बोनस पारित गर्न कम्पनीले पुस २८ गते साधारणसभा डाकेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

पुस १६ गतेसम्म कायम हरेका शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको उक्त बोनस पाउने छन् ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ११ : ४३ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति