मेरो माइक्रोफाइनान्सले साढे ७ प्रतिशत बोनस दिने « Khabarhub

मेरो माइक्रोफाइनान्सले साढे ७ प्रतिशत बोनस दिने


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले करिब ८ प्रतिशत बोनस घोषणा गरेको छ ।

कम्पनीको १६५औँ सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट कम्पनीले चुक्ता पुँजीको ७.८९४७ प्रतिशत बोनस दिने भएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामहरि दाहालका अनुसार चुक्ता पुँजीको ९ करोड ९० लाख रुपैयाँ बराबरको ७.५ प्रतिशत बोनस शेयर दिने भएको छ भने उक्त बोनमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ५२ लाख १० हजार ५२६ रुपैयाँ बराबरको ०.३९४७ प्रतिशत नगद लाभांश दिने भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । कम्पनीले प्रस्ताव गरेको बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी बस्ने वार्षिक साधारणसभाले पास गरेपछि शेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  १२ : २८ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु