नासाले पत्ता लगायो- एक वर्षअघि मंगलग्रहमा भएको हेलिकप्टर दुर्घटनाको रहस्य « Khabarhub

नासाले पत्ता लगायो- एक वर्षअघि मंगलग्रहमा भएको हेलिकप्टर दुर्घटनाको रहस्य


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगल ग्रहमा पहिलो शक्तियुक्त उडान गरेर इतिहास रचेको नासाको इन्जेन्युइटी मार्स हेलिकप्टरबारे नयाँ तथ्य भेटिएको छ । केवल पाँच उडानका लागि तयार यसले सबै अपेक्षा पूरा गर्दै लगभग तीन वर्षमा ७२ उडान गरेको थियो ।

यी उडानहरूमा हेलिकप्टरले १७ दशमलव ७ किलोमिटरको दूरी तय गरी २ घण्टाभन्दा बढी उडान गरेको थियो । तर जनवरी १८, २०२४ मा अन्तिम उडानको समयमा अन्तिम पटक आफ्नो क्षमता प्रदर्शन गरेपछि यो नासाको संचारबाट हराएको थियो।

यसलाई एक साधारण परीक्षणका लागि डिजाइन गरिएको थियो। यसको उद्देश्य हेलिकप्टरको प्रणाली परीक्षण र मंगल ग्रहको सतहको फोटो खिच्नु थियो। यस प्रक्रियामा इन्जिन्युटीले ४० फिटको उचाइमा सफलतापूर्वक आरोहण गरेको थियो। तर, अवतरणलगत्तै यसको पृथ्वीसँग सम्पर्क टुट्यो । त्यसपछिको अनुसन्धानमा हेलिकप्टरको रोटर ब्लेड अवतरणका क्रममा बिग्रिएको पाइएको थियो ।

नासाको जेट प्रोपल्सन ल्याबोरेटरी (जेपीएल) र एरोइन्भायरमेन्टका इन्जिनियरहरूले यस दुर्घटनाको गहिरो अनुसन्धान गरेका थिए।

अहिले अनुसन्धानले इन्जेन्युइटी नेभिगेसन प्रणालीले मंगल ग्रहको जेजेरो क्रेटरको सतह संरचनालाई राम्रोसँग ट्र्याक गर्न नसकेका कारण दुर्घटना भएको पत्ता लगाएको छ ।

बालुवाको टिब्बा नहुँदा र खाडलमा माथि उठेको सतहका कारण हेलिकप्टरले आवश्यक दृश्य लिन सकेन । यसबाहेक हेलिकप्टर अवतरणको समयमा निकै तीव्र गतिमा रहँदा सन्तुलन गुमाएर खसेको खुलेको छ ।

अवतरणका क्रममा हेलिकप्टरको पिच र रोल राम्ररी अवतरण हुन नसक्दा चारैवटा रोटरका ब्लेड कमजोर भई फुटेका थिए । जसका कारण हेलिकप्टर निकै तीव्र गतिमा कम्पन गर्न थालेर अन्ततः पृथ्वीसँगको सम्पर्क विच्छेद भयो ।

जेपीएलको इन्जेन्यूटीको पहिलो पाइलट हावर्ड ग्रिपले भने, ‘जब तपाईं १०० मिलियन माइल टाढाबाट दुर्घटनाको अनुसन्धान गर्दै हुनुहुन्छ, तपाईंसँग ब्ल्याक बक्स वा प्रत्यक्षदर्शीहरू छैनन्, यो निकै गाह्रो काम थियो र हो ।’

यद्यपि इन्जेन्यूटी अब उडान गर्न सक्षम छैन । तर यसले दिएका उपलब्धि र यसको अन्तिम उडानबाट डाटाले मंगल ग्रहमा भविष्यका विमान र हेलिकप्टरहरूको डिजाइन र सञ्चालन सुधार गर्न मद्दत गर्ने भन्ने पक्का छ । परियोजनाले मंगल ग्रहमा संचालित उडानको सम्भाव्यता प्रमाणित गरेको छ । नयाँ मिसनहरूका लागि वैज्ञानिक र इन्जिनियरहरूलाई प्रेरित गरेको नासाले जनाएको छ।

ग्राउन्डेड भए पनि इन्जेन्यूटीले अझै पनि मौसम र अन्य डेटा परसेवरेन्स रोभरसँग साप्ताहिक आधारमा दिइरहेको छ। यो तथ्यांक मंगल ग्रहमा भविष्यका खोजहरूका लागि उपयोगी मात्रै छैन, सानो र हल्का एभियोनिक्सको विकासमा पनि सहयोगी सावित भइरहेको छ।

इन्जेन्यूटीको सफलताले नासालाई “मार्स चोपर” भनिने नयाँ हेलिकप्टर डिजाइन गर्न प्रेरित गरेको छ। यो हेलिकप्टरले मंगल ग्रहको दुर्गम क्षेत्रको स्वतः अन्वेषण मात्र गर्दैन, साथमा वैज्ञानिक उपकरण पनि बोक्ने छ । यो उन्नत डिजाइन मंगल ग्रहको थप गहिरो अध्ययन र सतहको दुर्गम क्षेत्रहरूमा पहुँच सहज पार्ने उद्देश्यले गरिएको हो। -एजेन्सीबाट साभार

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  २ : ०७ बजे

एसीसी महिला प्रिमियर कप : हङकङविरुद्ध नेपाल बलिङमा

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ– इस्लामावादस्थित नेपालको राजदूतावासले शुक्रबार ‘विश्वको सर्वोच्च शिखर सगरमाथा :

होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा

कीर्तिपुर– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्सङ्ग परिसरस्थित होल्डिङ सेन्टरमा

रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी