प्रधानमन्त्री भन्छन्- किड्नी ट्रान्सप्लान्ट नभएको भए साउनमा मेरो १८ औँ पुन्यतिथि हुन्थ्यो « Khabarhub

प्रधानमन्त्री भन्छन्- किड्नी ट्रान्सप्लान्ट नभएको भए साउनमा मेरो १८ औँ पुन्यतिथि हुन्थ्यो


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशमा व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन आइरहेको बताएका छन् ।

ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवस कार्यक्रमलाई मंगलबार सम्बोधनका क्रममा उनले देश फड्को मार्दै गएको बताए ।

‘अहिले निर्यात पनि बढेको छ ।अर्थतन्त्रको आकार पनि बढेको छ। विदेशी मुद्रा सञ्चिति पनि बढेको छ’, उनले भने, ‘अवस्थामा परिवर्तन आएन भन्ने होइन, नेपालीको सरदर आयु कुनै बेला ४२ थियो, त्यो बढेर ४९ हुँदै ७२ पुगिसकेको छ ।’

नेपालमा पहिले जस्तो जीविकाका लागि भारी नै बोक्नुपर्ने र चर्को शारीरिक श्रम गर्नुपर्ने बाध्यतामा धेरै कमी आएको पनि उनले बताए ।

‘अहिले विरामी पर्दा स्वास्थ्य उपचार हुने गरेको छ । नेपालमा महत्त्वपूर्ण अंगको ट्रान्सप्लान्ट हुने गरेको छ’, उनले भने, ‘मेरै कुरा गरौँन । किड्नी ट्रान्सप्लान्ट गर्ने सु्विधा नभएको मेरो त अस्ति साउनमै १८ औँ पुन्य तिथि भइसक्थ्यो । पहिलो पटक ट्रान्सप्लान्ट गर्न नेपालमा सुविधा नहुँदा भारत गएँ । १३ वर्षपछि मैले नेपालमै ट्रान्सप्लान्ट गरेँ ।नेपालमै ट्रान्सप्लान्ट गर्दा सजिलो छ । औषधोपचारदेखि डाक्टरको फलोअपमा अस्पताल जान पनि सजिलो छ । दोस्रो पटक ट्रान्सप्लान्ट नेपालमै गर्दा मलाई सजिलो भएको छ । औषधि खान पनि अर्को देशतिर जानुपर्दैन ।’

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  २ : २३ बजे

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

रूपन्देही– आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२–०८३ को

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

झापा– झापाको मेचीनगर नगरपालिका– ६ स्थित मेची पुलमा भारतबाट नेपाल

आदर्श कप फुटबल प्रतियोगिताको उपाधि होराइजन क्लब वालिङ्गलाई

कास्की– स्याङ्जाको होराइजन क्लब वालिङ्गले २६औँ आदर्श कप फुटबल प्रतियोगिता

सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी

बागलुङ– यस वर्ष बागलुङमा २६ करोड ९० लाखको सुन्तला उत्पादन