डिजिटल सुरक्षाबारे चेतना जगाउन टिकटकले गर्‍यो सेफ्टी एम्बेसडरसँग कार्यक्रम « Khabarhub

डिजिटल सुरक्षाबारे चेतना जगाउन टिकटकले गर्‍यो सेफ्टी एम्बेसडरसँग कार्यक्रम


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कन्टेन्ट क्रिएटरहरूसँग सेफ्टी एम्बेसडर कार्यक्रमअन्तर्गत नेपालमा डिजिटल सुरक्षाबारेमा चेतना जगाउन टिकटकले कार्यक्रमको आयोजना गरेको छ।

शनिबार काठमाडौंमा कार्यक्रम गर्दै टिकटकले सेफर टुगेदर अभियान सञ्चालन अन्तर्गत आफ्ना प्रयोगकर्ता र प्लेटफर्म दुवैको सुरक्षामा जोड दिएर के गर्न सकिन्छ र के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित सामूहिक छलफल आयोजना गरेको छ।

कार्यक्रममा ओशिन सिटौला, पराक्रम राणा, मङ्गिता मानन्धर(माई डार्लिंग फुड), सुशान्त प्रधान, राष्ट्र विमोचन तिमल्सिना र श्री पाण्डेलगायत कन्टेन्ट क्रिएटर सहितको सामूहिक छलफल भएको थियो।

वक्ताहरूले इन्टरनेटको जिम्मेवार प्रयोग र सुरक्षित सामग्री निर्माणको वकालत गर्दै गलत सूचना, उत्पीडन, साइबर बुलिङ, अनलाइन ठगीहरू लगायतका डिजिटल सुरक्षाका विभिन्न पक्षहरूबारे छलफल गरेका थिए।

यस्तै कसरी आकर्षक कन्टेन्ट सिर्जना गरेर राम्रो कन्टेन्ट क्रिएटर बन्न सकिन्छ भन्नेबारे कार्यक्रमका अतिथिहरूलाई सुझाव र दिशानिर्देशहरू पनि दिइएको थियो।

टिकटक प्लेटफर्ममा ‘सेफ्टी सेन्टर’ मा सुरक्षा अपडेटहरूका लागि केन्द्रीकृत स्थान प्रदान गरिएको र जसले प्लेटफर्ममा सुरक्षा दिन सबै कार्यहरू सम्बन्धी जानकारीहरू प्रदान गरिने जनाइएको छ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ५ : १६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया