प्रदेशका कर्मचारी र तिनका परिवारको स्वास्थ्य बिमा अनिवार्य : मुख्यमन्त्री सिंह « Khabarhub

प्रदेशका कर्मचारी र तिनका परिवारको स्वास्थ्य बिमा अनिवार्य : मुख्यमन्त्री सिंह


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा स्वास्थ्य बिमाको कभरेज बढाउन र बिमितहरूको सेवासुविधा प्रवाहमा प्रभावकारिता ल्याउन स्वास्थ्य अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूलाई मुख्यमन्त्री सिंहले अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या कम रहेको भन्दै त्यसमा वृद्धि गर्न बिमित हुने प्रक्रियामा सरलीकरण, जनचेतना प्रसार, स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति परिचालन, व्यावसायिक बिमा एजेन्टको व्यवस्थापन आदि कार्य तत्परतापूर्वक बढाउन निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री सिंहले बिमावापतको रकम अस्पतालले नपाउने, बिमितको शल्यक्रिया लगायत उपचार कार्यमा अस्पतालले ढिलाइ गरिदिने, इच्छाएका बेला बिमा दर्ता नहुने र निश्चित समयावधिभित्र बिमा सक्रिय नहुने लगायत समस्याका बारेमा सम्बद्ध पक्षसँग छलफल गरी समाधान गर्न समेत अधिकारीहरूलाई निर्देशन दिए ।

उनले प्रदेशका बढीभन्दा बढी अस्पतालमा बिमामार्फत् प्राप्त हुने स्वास्थ्यसेवा विस्तार गर्नुपर्ने भन्दै प्रत्येक अस्पतालमा स्वास्थ्य बिमा डेस्क राख्नुपर्ने उल्लेख गरे । उनले स्वास्थ्य बिमा प्रक्रियामा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई एजेन्टका रूपमा जिम्मेवारी दिन सकिने पनि बताए ।

मुख्यमन्त्री सिंहले प्रदेशका कर्मचारी तथा तिनका परिवारलाई स्वास्थ्य बिमाको परिधिमा अनिवार्य ल्याउनुपर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिए । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना कर्मचारीका लागि स्वास्थ्य बिमा कार्यक्रममा अनिवार्य आबद्धताको निर्णय गरेको थियो ।

मुख्यमन्त्रीसँगको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंह, मन्त्रालयका निमित्त प्रदेश सचिव राजेशकुमार मिश्र, अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा. वर्षा प्रकाश, अस्पताल नर्सिङ प्रशासक सुनिता गुप्ता, जनस्वास्थ्य अधिकृत विजयकुमार यादवलगायत सहभागी थिए ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ५ : २६ बजे

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक