ग्रीसमा डुङ्गा दुर्घटना, चार जना पाकिस्तानीको मृत्यु « Khabarhub

ग्रीसमा डुङ्गा दुर्घटना, चार जना पाकिस्तानीको मृत्यु


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिणी ग्रीसको क्रेट टापुमा शनिबार भएको डुंगा पल्टिँदा चार जना पाकिस्तानी नागरिकको मृत्यु भएको पाकिस्तानको विदेश कार्यालयका प्रवक्ता मुमताज जाहरा बलोचले एक विज्ञप्तिमार्फत पुष्टि गरेका छन्।

बलोचले सोमबार भने ,’हामी गहिरो दुःखका साथ घोषणा गर्दछौं कि ग्रीक अधिकारीहरूले साझा गरेको पछिल्लो जानकारी अनुसार ग्रीसको क्रेट टापुको दक्षिणमा शनिबार भएको डुङ्गा पल्टिने घटनाहरूमा चार जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ । जीवित व्यक्तिहरूलाई सहयोग गर्न ग्रीक अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ ।’

यसअघि पाकिस्तानी विदेश मन्त्रालयले ग्रीसको तटमा डुङ्गा पल्टिएको स्थानबाट ४७ जना पाकिस्तानी नागरिकको उद्धार गरेको पुष्टि गरेको थियो ।

सन् २०११ देखि ग्रीस अनियमित आप्रवासी र युरोपेली युनियन (इर्यु) प्रवेश गर्न प्रयास गर्ने शरणार्थीहरूको लागि प्रमुख प्रवेश बिन्दु भएको छ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ५ : ४८ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको