बजेट अभावमा सगरमाथा आन्तरिक विमानस्थल अलपत्र « Khabarhub

बजेट अभावमा सगरमाथा आन्तरिक विमानस्थल अलपत्र

मन्त्री पाण्डेले गरे स्थलगत अवलोकन


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उदयपुरको प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल बजेट अभावका कारण निर्माणको कार्य रोकिएर अलपत्र अवस्थामा पुगेको छ ।

निर्माणाधीन विमानस्थलको काम लामो समय सम्म रोकिएपछी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले उक्त विमानस्थलको स्थलगत अवलोकन गरेका छन् ।

मन्त्री पाण्डेले विमानस्थलको जग्गाको स्थलगत अवलोकन गर्दै सरकारसंग विमानस्थल निर्माणका लागि आवश्यक बजेट नहुँदा लामो समय देखी विमानस्थल निर्माणको काम रोकिएको बताए ।

उनले उदयपुरको प्रस्तावित सगरमाथा विमानस्थल निर्माणका लागि जग्गाको मुआब्जा समेत तिर्नु नपर्ने अवस्था रहेको, जग्गा प्राधिकरणका नाममा आइसकेको अवस्थामा समेत सरकारले बजेट सुनिश्चित गर्न नसक्दा निर्माणको कार्य सुचारु गर्न नसकिएको बताए ।

अब उदयपुरको प्रस्तावित सगरमाथा विमानस्थल निर्माणका लागी स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले लागत स्टमेट तयार गरेर बजेट विनियोजन गर्नु पर्नेमा उनले जोड दिए ।

त्यस्तै संघीय सांसद डा. नारायण खड्काले हजारौँ रुख काट्न लगाएर, वातावरण बिगारेर अहिले विमानस्थल निर्माणको कार्य कुनै पनि बहानामा रोकिएमा जनता चुप लागेर नबस्ने बताए । सांसद खड्काले जग्गा प्रति र प्रस्तावित विमानस्थल भित्रका रुख कट्ने काम सकिसकेको भन्दै अब यो वा त्यो बहानामा विमानस्थल निर्माणको कार्य रोकिए सयौँ जनता लिएर आफू मन्त्रालय र नागरिक उड्डयन प्राधिकरण घेराउ गर्न काठमाडौँ पुग्ने चेतावनी दिए ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले उदयपुरको प्रस्तावित सगरमाथा विमानस्थल वातावरण लगायतका सबै खाले विषयले उपयुक्त रहेको भन्दै आफूहरूले बजेट पाए तत्काल काम सुरु गर्ने स्पष्ट बताए ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १ र २ को सामुदायिक वन क्षेत्रको १५७ हेक्टर वन अधिग्रहण गरी करिब २६ प्रजातिका ३ हजार रुख कटान गरी प्रस्तावित सगरमाथा विमानस्थल निर्माणको कार्य सुरु गरिएको भएपनि पछिल्लो समय करिब १५ हजार रुख कटान पश्चात विमान स्थल निर्माणको काम पूर्ण रूपले रोकिएको छ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ६ : ०७ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक