भारतको सहयोगमा राप्ती नगरमा अस्पताल भवन निर्माण हुने | Khabarhub Khabarhub

भारतको सहयोगमा राप्ती नगरमा अस्पताल भवन निर्माण हुने


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन – जिल्लाको राप्ती नगरपालिकामा महिला र बालबालिकाका लागि भारत सरकारले अस्पताल निर्माण गर्ने भएको छ । नगरप्रमुख शम्शेर लामा र वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत डिएस मीनाबीच अस्पताल निर्माण गर्ने विषयमा सहमति भएको हो ।

नगरपालिकामा सोमबार आएको महावाणिज्यदूतको टोलीले प्रारम्भिक विषयमा छलफलसँगै २० करोडसम्मको अस्पताल निर्माण गर्ने विषयमा सहमति जनाएको नगरप्रमुख लामाले जानकारी दिए।

अस्पताल कहाँ र कस्तो निर्माण गर्ने विषयमा नगरपालिकाले छलफल गर्ने उनले बताए।

उनले भने, ‘अस्पताल निर्माण गर्ने विषयमा दुई पक्षबीच निर्णय भएको छ । थप प्रक्रिया हामी अगाडि बढाउँदै छौँ ।’

राप्ती नगरपालिका समथर भूभाग र पहाडी क्षेत्रमा पर्दछ । यसको पहाडी भूभागमा चेपाङ समुदायको बसोबास छ । उनीहरुको लागि अस्पताल अपरिहार्य रहेको छ ।

अतिविपन्न भएकाले टाढा उपचारको लागि जान कठिन हुने गरेको छ । भेटका अवसरमा महावाणिज्यदूत मीनाले राप्ती नगरपालिकामा विकास निर्माणमा गर्नसक्ने सहयोगबारे चासो देखाएको लामाले जानकारी दिए।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ७ : ४२ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना