यस्तो छ रवि लामिछानेलाई समात्न जारी पक्राउ पुर्जी « Khabarhub

यस्तो छ रवि लामिछानेलाई समात्न जारी पक्राउ पुर्जी


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिविरुद्ध जारी गरेको पक्राउ पुर्जी सार्वजनिक भएको छ ।

जिल्ला अदालत कास्कीबाट शुक्रबार नै पक्राउ अनुमति लिइ लामिछानेसहित १४ जनाविरुद्ध एकै दिन पक्राउ पुर्जी जारी भएको हो । ‘मानिस पक्राउ गरी पठाइदिने सम्बन्धमा’ विषयक पक्राउ पुर्जीमा जाहेरीवाला कृष्णप्रसाद जैसीको नाम समेत उल्लेख छ ।

पुर्जीमा लेखिएको छ-

प्रस्तुत विषयमा कृष्णप्रसाद जैसी समेतको जाहेरी तथा प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी सूर्यदर्शन बचत तथा ऋण सहकाारी संस्था लि. पोखराको पूर्वअध्यक्ष एवम्‌ सञ्चालक गितेन्द्र बाबु राई समेत भएको सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा अनुसन्धानको सिलसिलामा निम्न नामथर वतन गरेका व्यक्तिलाई पक्राउ गर्न सम्मानित कास्की जिल्ला अदालतबाट मिति २०८१/०७/०२ गते पक्राउ अनुमति जारी भई आएको हुँदा पक्राउ अनुमति यसै साथ संलग्न राखी पठाइएको छ । प्राप्त भए पश्चात निज प्रतिवादीको खोजतलास गरी फेला परेमा पक्राउ गरी यस कार्यालयमा पठाइदिनुहुन अनुरोध गरिएको छ ।’ 

पक्राउ पुर्जीमा उल्लेखित ब्यहोराअनुसार लामिछानेलाई ठगी र संगठित अपराध गरी दुईवटा मुद्दा लाग्ने देखिएको छ ।

लामिछानेसहित विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने र कल्पनाकुमारी श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ६ : ३१ बजे

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर