ट्रम्पको सुरुवात राम्रो | Khabarhub Khabarhub

ट्रम्पको सुरुवात राम्रो


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

आयोवा ककसमा डोनाल्ड ट्रम्पको प्रभाव खासै आश्चर्यको विषय होइन । डोनाल्ड ट्रम्पले राष्ट्रपति उम्मेदवार चयनका लागि भएको पहिलो चरणमा सहज जित हात पारेका छन् । धेरै महिना अघि देखि नै सो स्थानमा ट्रम्पको प्रभाव रहने नै आङ्कलन गरिएको थियो । त्यस सफलताको पछि अर्को राज पनि थियो । उनका समर्थकहरू त्यस विजयका लागि बहुतै सावधानीपूर्वक लागेका थिए ।

ट्रम्पका प्रतिस्पर्धी न त निक्की हेली नत रोन डिसान्टेस मुख्य चुनौती बने । ट्रम्प विरोधीहरूको मत यिनीहरूमा नै बाँडिएको थियो । मंगलबार न्यु हाम्पायसायर रिपब्लिक निर्वाचनमा उनको मत मिल्ने अर्का दाबेदार विवेक रामास्वामीले ट्रम्पका लागि मैदान खाली गरे । ट्रम्पले कुल मतको ५१ प्रतिशत मत पाए भने डी सान्टेसले २१ तथा हेलीले १९ प्रतिशत मत पाए । यसरी आधा भन्दा बढी रिपब्लिकहरू ट्रम्पको पक्षमा रहनुको कारण ‘ मेक अमेरिका ग्रेट अगेन ’ भन्ने नारा नै हो ।

रिपब्लिक दलमा ट्रम्पको दबदबा अकाट्य नै हो । परन्तु सो क्षेत्रमा उनको यो सफलता आधुनिक अमेरिकी राजनीतिमा केही सङ्केत गरेको छ । तीन वर्ष अघि उनको कार्यकाल विवादास्पद रूपले सकिएको थियो । जनवरी महिनामा उनी डेमोक्र्याट उम्मेदवार जो वाइडेनलाई पद छाड्न राजधानीमा भएको हिंसाका कारण आलोचित भए । उनले केही अपराधको आरोपको पनि सामना गरे । ट्रम्पका केही चुनौती अझ बाँकी छन् । अर्को साता हम्पासायरमा उनलाई हेलीले दबाब दिने छन् ।

पछिल्लो समयको सर्वेक्षणले उनको दबदबा पूर्ण अग्रता अहिले एक अङ्कको आँकडामा झरी सकेको छ । केही अवरोधका बाबजुद ट्रम्प रिपब्लिकका माझ निर्विवाद फ्रन्ट रनर भने हुन् । लोआको मतदान भई रहँदा धेरैमा उत्सुकता ट्रम्पका मुख्य प्रतिस्पर्धी को हुने भन्ने चासो थियो । यसमा डे सान्टेसले उप विजेताको रूपमा  आफूलाई प्रस्तुत गरेका छन् । यसलाई डीसान्टेसको खासै उपलब्धि पनि मान्न सकिँदैन ।

फ्लोरिडाको गभर्नरको रूपमा आयोवाको लामो समय अध्ययन गरेका उनी हेली भन्दा केही प्रतिशत मात्र बढी मत पाउनु कुनै पनि अर्थमा उपलब्धि मूलक होइन । यस नतिजाले डे सान्टेसका लागि आगामी दिनमा ट्रम्पका सामु वान टु वान चल्ने वातावरण पनि नहुन सक्छ । रिपब्लिकको उम्मेदवार चयन  नसकिएसम्म धेरैले धेरै किसिमको रणनीति अपनाउन सक्नेछन् ।

परन्तु सुरुवाती दिनको आकलनले नै ट्रम्पलाई बलियो रूपमा प्रस्तुत गरेको छ । रामाश्वामीले मैदान छाडे पछि पूर्व राष्ट्रपतिका लागि मैदान अझ सहज बनेको छ । ट्रम्पका समर्थककै लागि रामाश्वामी दोस्रो रोजाइका थिए । भलै, उनले लोआमा ८ प्रतिशत मात्र समर्थन पाएका थिए ।

ह्याम्सायरमा भने रामाश्वामीको साथले ट्रम्पलाई धेरै बल पुग्न सक्ने छ । सोमबार नै ट्रम्पले वाइडेनलाई एक किसिमको चुनौती दिई सकेका छन् । डेमोक्र्याटका लागि अहिले नै ट्रम्पको कमजोरी खोतल्ने अवसर मिली सकेको छ । आयोवाले ट्रम्पलाई आत्मबल प्रदान गरेको साँचो हो । परन्तु, उनका लागि साँच्चै निर्वाचनका सामना त गर्नु नै छ । अहिले अमेरिकी राष्ट्रपतिको निर्वाचनलाई संसारले चासोपूर्वक हेरिरहेको छ । पहिलो त अमेरिका अहिले दुई युद्ध मा सरिक छ । पहिलो गाजाको युद्धमा तथा दोस्रो रुस र युक्रेनको युद्धमा ।

यसै गरी चीनसँगको सम्बन्ध चिसिएको छ । यसले एसिया प्यासिफिक क्षेत्रको राजनीतिमा पनि धेरैको चासो बढेको छ । यमनमा अमेरिकी नेतृत्वमा हवाई आक्रमण पनि भएको छ । साथमा घरेलु मुद्दा पनि अहिले उठेका छन् । अमेरिका अहिले अवैध आप्रवासीको समस्याबाट रुमलिएको गुनासो पनि नसुनिएको होइन । संसारमा कुनै त्यस्तो क्षेत्र सायद नै होला, जहाँ अमेरिकी चासो र रुचि नभएको होस् । यदि डोनाल्ड ट्रम्प फेरी आफ्नो पुरानो कार्यालयमा फर्किए भने कस्तो विदेश नीति रहन्छ भन्ने सबैको चासोको विषय हो । अन अर्थोडक्स स्वभावका उनको आगमनको सम्भावनाबाट धेरै अमेरिकी सहयात्रीहरू नै त्रसित छन् ।

धेरैका लागि उनको आगमन भए पछि सुरुवाती डिल कसरी भन्ने चिन्ता र चासोको विषय हो । डेमोक्र्याट सिनेटर कृश कोन्स फरेन रिलेसन कमिटीमा छन् । बाइडेनको चुनावी अभियानमा पनि उनी सरिक छन् । प्राय विदेशीले उनलाई ट्रम्पको पुनरागमनको  डरले सताएको बताउँछन् । अहिले धेरै युक्रेनमा जारी युद्धलाई हेरी रहेका छन् । युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीका लागि अमेरिकी राष्ट्रपतिको नीति एकदमै महत्त्वपूर्ण र प्राथमिकताको विषय हो । अमेरिकी राष्ट्रपतिले लिने नीति नै युद्धका लागि एउटा मुख्य कारक विषय हुन सक्छ ।

त्यसो त ट्रम्पले आफ्ना लागि यस्ता युद्ध २४ घण्टाको भएको बताएका छ । परन्तु, त्यो कसरी भन्ने आशय कसैले अनुमान गर्न सकेको छैन । वार्ता या सम्पूर्ण शक्ति आफ्नो सहयात्रीको पक्षमा लागेर भन्ने चाहिँ यकिन छैन । कत्तिसम्म भने कतै ट्रम्पले अमेरिकालाई नाटो बाट बाहिर राख्ने प्रस्ताव त गर्ने होइन भन्ने चिन्ता समेत छाएको छ । इजरायल युद्धले अमेरिकालाई असर गरेको छ । .

धेरै युवा अमेरिकी र अरब अमेरिकनहरू अहिले सोही कारण वाइडेनको विरुद्धमा रहन सक्ने छन् । त्यसले आसन्न निर्वाचनमा वाइडेनले केही आधार गुमाउन पनि सक्ने छन् । तर इजरायल युद्धका कारण सुरुवाती दिनमा यो आशङ्का गरिए पनि बिस्तारै वाइडेनको पक्षमा पनि केही स्थानमा आधारहरू तयार भएका छन्। सन् २०२३ को डिसेम्बरमा भएको सर्वेक्षणमा उनको पक्षमा भारी मतदान हुने स्थान पनि देखिएका छन् । मध्यपूर्वका केही स्थानमा ट्रम्पको पुनरागमनको अपेक्षा गर्ने पनि धेरै छन् ।

खासमा वाइडेनको सत्ता आगमनसँगै अफगानिस्तानमा तालिबानले सत्ता लिएको थियो । मानव अधिकार, मध्यपूर्वको राजनीति, संसारका चलेका युद्ध र धेरै देशको ओरालो लागेको आर्थिक अवस्थामा कहीँ न कहीँ अमेरिकी चासोको विषय हुन सक्छ । तसर्थ अबको एक वर्ष पछि हुने निर्वाचनमा अमेरिका मात्र होइन संसारको नै चासो छ । धेरै सम्भावना अबको भिडन्त वाइडेन र ट्रम्पकै बिचमा हुने छ । ट्रम्पले आफ्नो यात्राको सुरुवात गरी सकेका छन् ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  १० : २० बजे

भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति

सोलुखुम्बु– भूकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय

 एमाले बैठकमा जवाफ दिँदै ओली, आजै समापन 

काठमाडौं– सत्ता रुढ नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक आज

जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो

एजेन्सी – गत वर्ष जर्मनीमा विद्युतीय कारहरूको बिक्री २७ दशमलव

तिब्बतमा शक्तिशाली भूकम्प : ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

काठमाडौं- चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै मंगलबार बिहान गएको

जंगलको बीचमै बिते आमा र नवजात शिशु, सासूको काखमा प्राण त्यागिन् सविताले

धनगढी– बझाङको केदारस्युँ गाउँपालिका-१ की सविता बोहरालाई गर्भजाँच गरेको स्वास्थ्य