कुन औँलामा कस्तो औँठी लगाउँदा के फाइदा ? « Khabarhub

कुन औँलामा कस्तो औँठी लगाउँदा के फाइदा ?


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हामीमध्ये धेरैलाई औँठी लगाउन मन पर्छ । औँठीलाई विवाहित जोडीको वैवाहिक जीवनको बन्धनका रूपमा पनि मान्ने गरिन्छ ।

धेरैले सौन्दर्य र फेसनका लागि पनि औँठी लगाउने गरेको पाइन्छ । औँठी आफ्नो राशिफल र ज्योतिषअनुसार शुभ रत्न जस्ता आधारमा पनि लगाउने गरिन्छ । यसरी लगाएको औँठीले जीवनमा सफलता दिने जनविश्वास समेत रहेको छ ।

कुन औँलामा के को आधारमा औँठी लगाउँदा के फाइदा हुन्छ वा त्यसले के संकेत गर्छ भन्ने पनि धेरैलाई थाहा नहुन सक्छ । औँठी लगाउनुको कारण र महत्वबारे हामीले चर्चा गर्नेछौँ ।

शास्त्रका जानकारहरुले बताएअनुसार जेठी औँलाले वायु तत्त्वको प्रतिनिधित्व गरेको हुन्छ । जसमा जेठी औँलामा लगाइएको औँठीले शरीरमा वायु तथा पेटसँग सम्बन्धित रोगलाई रोक्न सक्छ ।

चोर औँलाले वायु तत्त्वको प्रतिनिधित्व गर्छ जसले शरीरको वायु सन्तुलन, पेटसम्बन्धी विकार, शरीरमा ग्याँस जम्ने समस्या ठिक पार्नमा यो औँलामा लगाइएको औँठी सहयोगी बन्न सक्छ ।

हाम्रो हातको माइली औँलाले आकाश तत्त्वको प्रतिनिधित्व गरेको हुन्छ । त्यसैले यो औँलामा औँठी लगाउँदा नसा सम्बन्धी सम्पूर्ण रक्त संचारसँग सम्बन्धित विकारहरूलाई हटाउने काम गर्दछ ।

साहिँली औँलाको सम्बन्ध सिधै मुटुसँग हुन्छ, साहिँली औँलामा औँठी लगाउँदा त्यसले सिधै मुटुमा प्रभाव पार्दछ । यो औलाले पृथ्वी तत्त्वको प्रतिनिधित्व गरेको हुन्छ ।

यसमा औँठी लगाउँदा शरीरको तौललाई सन्तुलन राख्ने काम गर्दछ फलस्वरुप शरीर शक्रिय बनाउन मद्दत गर्छ । कान्छी औँलाले जल तथा पानी तत्त्वको प्रतिनिधित्व गर्दछ । यस औलामा औँला लगाउनाले शरीरमा पानीको मात्रा कमी हुन पाउँदैन ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  १२ : ४५ बजे

त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख दिने १८ जना पक्राउ

काठमाडौँ– प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट १८ जनालाई पक्राउ गरेको छ

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

काठमाडौँ– मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना