नागढुंगा–मुग्लिन सडक विस्तारको काम न्यून « Khabarhub

नागढुंगा–मुग्लिन सडक विस्तारको काम न्यून


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागढुंगा–मुग्लिन सडक विस्तारको काम अत्यन्त न्यून देखिएको छ ।

विश्व बैंकको सहुलियतपूर्ण अनुदान ऋणमा भइरहेको उक्त सडकखण्ड विस्तारको काम  एक वर्षमा ५ प्रतिशत मात्र भएको हो ।

१ वर्षमा १५ प्रतिशत काम पुरा गर्ने लक्ष्य लिइएको भए पनि विभिन्न कारणले गर्दा ५ प्रतिशत मात्र काम भएको नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका ईन्जीनीयर कृष्ण आचार्यले जानकारी दिए ।

उक्त बिस्तारको कामका लागि निर्माण कम्पनी शर्मा जेडआईसीजीसंग डिसेम्बर २०२२ मा सम्झौता भएको थियो । उक्त सडक निर्माणको काम तीन प्याकेजमा चलिरहेको छ ।

उक्त सडक खण्डको मलेखु देखि मुग्लिन खण्डमा पुलको जग नाली पर्खाल बनाउने काम र मोड सुधारको काम भई रहेको ईन्जीनीयर आचार्यले बताए  ।

उक्त सडकको पश्चिम खण्ड मलेखु देखि मुग्लिन सम्म ३९ किलोमिटर सडकको स्तरोन्नतीको काम भइरहेको छ ।  उक्त सडक २ लेनको भनिए पनि हाल ७ मिटर मात्र रहेको कारण अब ९ मिटर बनाउन लागिएको हो ।

उक्त सडक खण्डको बजार क्षेत्रमा ४ लेन र उकालोमा ट्रकको लागि छुट्टै लेन बनाउन लागिएको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  १ : ४७ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग