पाकिस्तान-इराबीचको विवाद समाधानमा चीनले मध्यस्थता गर्ने « Khabarhub

पाकिस्तान-इराबीचको विवाद समाधानमा चीनले मध्यस्थता गर्ने


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– पाकिस्तान र इरानको सीमा क्षेत्रमा आतंकवादी लडाकुलाई लक्षित गरी हाले भएका आक्रमणपछि बिहीबार पाकिस्तान र इरानबीच मध्यस्थता गर्न इच्छुक रहेको बेइजिङले बताएको छ । 

पाकिस्तानी क्षेत्रबाट बिहीबार भएको आक्रमणमा कम्तीमा सात जना इरानी सर्वसाधारणको मृत्यु भएको तेहरानले बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भने, ‘दुवै पक्षले शान्ति र संयमता अपनाउनेछन् र तनाव बढ्नबाट जोगिनेछन् भन्ने चीनको पूर्ण विश्वास छ ।’

उनले भने, ‘यदि दुवै पक्षले चाहेमा स्थितिलाई कम गर्न रचनात्मक भूमिका निर्वाह गर्न पनि हामी तयार छौं । आणविक शक्ति सम्पन्न पाकिस्तान र छिमेकी इरान दुवैले आफ्नो कम जनसङ्ख्या भएको सीमा क्षेत्रमा अतिवादसँग जुधिरहेका छन् ।

बिहीबार पाकिस्तानले इरानमा रहेका लडाकूसमूहमाथि आक्रमण गरेको बताएको थियो । तेहरानले कम्तीमा सात जनाको ज्यान जाने गरी भएको आक्रमणको जवाफमा पाकिस्तानका कार्यवाहक राजदूतलाई बोलाएको जनाएको छ ।

दुवै देश बेइजिङका घनिष्ठ साझेदार र साङ्घाई कोअपरेसन अर्गनाइजेसनका सदस्य हुन् ।

इरान र पाकिस्तान चीनका मित्र राष्ट्र र महत्वपूर्ण प्रभाव भएका देश भएको भन्दै मध्यस्थताका लागि चीनको पहल रहने प्रवक्ता माओले दोहोर्‍याए ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  २ : २७ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग