भरतपुर महानगरद्वारा विद्यालय क्षेत्रका पसलबाट सुर्तीजन्य पदार्थ बरामद « Khabarhub

भरतपुर महानगरद्वारा विद्यालय क्षेत्रका पसलबाट सुर्तीजन्य पदार्थ बरामद


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

भरतपुर– भरतपुर महानगरपालिकाले विद्यालय क्षेत्रका पसलबाट सुर्तीजन्य पदार्थ बरामद गरेर नष्ट गरेको छ । बुधबार भरतपुरका विभिन्न विद्यालय क्षेत्रमा अनुगमन गरेर सुर्तीजन्य पदार्थ बरामद गरी नष्ट गरिएको हो । 

नागरिकको गुनासो र उजुरीका आधारमा विद्यालय क्षेत्रका पसलमा अनुगमन गरिएको भरतपुर महानगरपालिका उपभोक्ताहित संरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत थानेश्वर सापकोटाले बताए । विद्यालय र स्वास्थ्य कार्यालयको वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने भएकाले अनुगमन गर्दै कडाइका साथ कार्यान्वयन गराइने उनले बताए ।

अनुगमन टोलीले भरतपुर–१ पोखराबसपार्कस्थित आदिकवि भानु मावि, रामनगरस्थित रामनगर मावि र भरतपुर-२९ स्थित जुगेडी मावि वरपरका पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा विद्यालय क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्ने गरेको भेटिएपछि चुरोट, सुर्ती, गुड्खा जफत गरी नष्ट गरिएको अधिकृत सापकोटाले जानकारी दिएका छन् । 

उनले विद्यालय क्षेत्रबाट एक सय मिटरभित्र पर्ने किराना र होटलमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाइने बताए । सुर्तीजन्य पदार्थ बरामद गरेपछि पसल सञ्चालकलाई सचेत पनि गराइएको सापकोटाले बताए । 

सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन)ऐन, २०६८ को दफा ११ को उपदफा ३ मा शिक्षण तथा स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिकस्थलबाट कम्तीमा सय मिटरभित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाइने व्यवस्था छ ।

 विद्यालय नजिकको पसलमा विद्यार्थीको पहुँच हुने भएकाले विद्यालयबाट सय मिटर आसपासका पसलमा सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाइएको हो । 

यस्तै अनुगमन टोलीले नारायणगढको लायन्सचोकस्थित भैँसी र राँगाको मासु बिक्री गर्ने दुई पसल पनि बन्द गराएको छ । सडक नजिकै बिक्रीका लागि खुलारूपमा मासु राखिएकाले बन्द गराइएको भरतपुर महानगरको कार्यपालिका सदस्य गोपाल दराईले बताए ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  २ : ३२ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग