रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ  परेका छन् । पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका घर भई कीर्तिपुर बस्ने २८ वर्षीय सरोज थापा रहेका प्रहरीले जनाएको छ ।

थापाले मोहन साउँदलाई वैदेशिक रोजगारीको लागि रसिया पठाइदिन्छु त्यसको लागि ७ लाख ३० हजार रुपैयाँ लाग्छ र रसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक १ लाखरुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी ७ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले थापालाई खोजतलास गर्ने क्रममा बुधबार कीर्तिपुरको पाँगा दोबाटोबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ५ : ०३ बजे

भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि हुँदै

काठमाडौँ– भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली सेनाले

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती