सेती प्रादेशिक अस्पताललाई ३५ लाख पर्ने मेसिन प्रदान « Khabarhub

सेती प्रादेशिक अस्पताललाई ३५ लाख पर्ने मेसिन प्रदान


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

धनगढी– सेती प्रादेशिक अस्पताललाई रगत जाँच गरेर भिन्न स्वास्थ्य समस्याको पहिचान गर्न सकिने ३५ लाख मूल्य बराबरको मेसिन प्रदान गरिएको छ। एक समारोहबीच लाइन्स क्लब अफ धनगढी टाउनले उक्त मेसिन प्रदान गरेको अध्यक्ष प्रकाश जोशीले बताए।

लायन्स इन्टर नेशनल डिस्ट्रिक्ट ३२५ का मल्टिपल काउन्सिल चेयरपर्सन (पिएमजेएफ) लायन सि. बि. चन्दको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अस्पतालका मेसु डा. शेरबहादुर कुँवरलाई मेसिन हस्तान्तर गरिएको हो।

डा. कुँवरका अनुसार उक्त मेसिनबाट भिटामिन डि, भिटामिन बी १२, थाइराइडका साथै विभिन्न हर्मोनका टेष्ट गर्न सकिने बताए। उनका अनुसार मेसिनबाट सय वटा जति हर्मोन र भिटामिनको परीक्षण गर्न सकिन्छ। यसले आफूहरूलाई बिरामीको उपचार र रोगको पहिचानमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ।

सामान्य स्वास्थ्य जाँचका लागि सुदूरपश्चिमका जनताले भारत वा नेपालगञ्ज जानु पर्ने भएकाले उक्त समस्याको हल होस् भन्ने उद्देश्यका साथ आफूहरूले मेसिन प्रदान गरेको अध्यक्ष जोशीको भनाइ छ। आफूहरूको सानो सहयोगबाट सुदूरपश्चिमवासी लाभान्वित हुने उनले विश्वास व्यक्त गरे।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ५ : ३२ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार