इन्डोनेसियामा धान उत्पादन घट्यो, २० लाख टन चामल आयात गर्ने « Khabarhub

इन्डोनेसियामा धान उत्पादन घट्यो, २० लाख टन चामल आयात गर्ने


४ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जकार्ता – इन्डोनेसियाले यस वर्ष घरेलु आवश्यकता पूरा गर्न र एल निनोका कारण उत्पन्न बालीनालीको असरलाई रोक्न २० लाख टन चामल आयात गर्ने योजना बनाएको छ। उत्पादन घटेपछि इन्डोनेसियाले चामल आयत गर्न लागेको हो ।

तथ्याङ्क इन्डोनेसिया (बीपीएस)ले सन् २०२४ मा २८ लाख टन चामलको घाटा भोग्ने अनुमान गरेको छ।
राष्ट्रिय खाद्य एजेन्सीका प्रमुख आरिफ प्रसेत्योले बिहीबार जकार्ताको राष्ट्रपति भवनमा भएको भेटपछि पत्रकारहरूलाई यस बारे जानकारी गराइएको हो ।

सरकारले भियतनाम, थाइल्याण्ड र चीनबाट उक्त खाद्यान्न आयात गर्ने तयारी गरेको हो । योसँगै सरकारले अघिल्लो वर्षको पाँच लाख टनको बक्यौता आयात कोटा पनि पूरा गर्नेछ ।

उक्त परिमाणको चामल जनवरीको अन्त्य वा फेब्रुअरीमा देशमा आइपुग्ने बताइएको छ। उपवास महिनाको रूपमा परिचित मार्च र अप्रिल ईद अल–फित्र बिदामा, बढ्दो खाद्य आवश्यकताहरू पूरा गर्नु सो आयातको मुख्य उद्देश्य हुनेछ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ८ : २९ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या