सवारी ऐनमा एकरुपता कायम हुन्छ : मन्त्री ज्वाला | Khabarhub Khabarhub

सवारी ऐनमा एकरुपता कायम हुन्छ : मन्त्री ज्वाला


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी ऐन बनाउँदा सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच एकरुपता कायम गर्नका लागि गृहकार्य भइरहेको बताएका छन् ।

सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा सरोकारवाला निकायसँग मन्त्रलायमा आज आयोजित छलफलमा मन्त्री ज्वालाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न एकरुपता हुने गरी पहल भइरहेको बताए । मन्त्री ज्वालाले अब बन्ने ऐनमा एकरुपता ल्याउनका लागि प्रदेश सरकारसँग यस विषयमा तीन पटक बैठक बसिसकेको बताउँदै प्रदेश सरकारका यातायातमन्त्री र सचिवसँग थप छलफल गर्न यही माघ ७ गते बैठक राखेको जानकारी दिए ।

व्यवसायी र मजदुर सङ्गठनको ड्राभिङ स्कुल खोल्ने प्रस्तावलाई ऐनमा व्यवस्था गरिएको बताउँदै उनले भने, “ड्राइभिङ स्कुल वा कुनै संस्था स्थापना गर्ने गरी ऐनमा संशोधन गर्नेगरी हामीले तयारी थालेका छौं।” छलफलमा मन्त्रालयका सचिव केशव शर्माले फरक–फरक सरकारमा सवारी दर्ता हुने गरेकाले कति सवारी साधन अहिले सञ्चालनमा रहेको भन्ने अभिलेखसम्म सरकारसँग नभएको बताए।

छलफलमा स्वरोजगार यातायात मजदुर सङ्गठन, एकीकृत यातायात मजदुर सङ्गठन, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल मजदुर सङ्घ, नेपाल यातायात मजदुर सङ्घका पदाधिकारी सहभागी थिए । छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका पदाधिकारीको पनि सहभागिता थियो ।

छलफलमा व्यवसायी र मजदुर सङ्घ, सङ्गठनका पदाधिकारीले ऐनका कारण ठूलो समस्या झेलेको गुनासो गर्दै दक्ष चालक पाउन मुस्किल भएको, दक्ष चालकको अभावमा दुर्घटना बढ्न थालेकोमा चिन्ता व्यक्त गरे । मन्त्रालयले सवारी ऐन २०४९ संशोधन गर्न सरोकारवाला निकायसँग छलफल गरी सुझाव सङ्कलन गरेको हो ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ८ : ३७ बजे

तेस्रो युएसएड यात्रा कोहलपुरमा

बाँके – नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी

राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमालेको सरकार : शङ्कर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले

अभिनयमा फर्किंदै तीन अभिनेत्री

काठमाडौं – केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः

बागलुङमा पहिलो पटक भेटियो कालाजार

बागलुङ – बागलुङमा पहिरोपटक कालाजारको संक्रमण पुष्टी भएको छ ।

आइओएफद्वारा ४० प्यालेस्टिनीको हत्या

गाजा – इजरायली कब्जाकारी सेना (आइओएफ)ले गाजा पट्टीमा सन् २०२३