आज २०८० साल फागुन ६ गते आइतबारको राशिफल « Khabarhub

आज २०८० साल फागुन ६ गते आइतबारको राशिफल


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल फागुन ६ गते आइतबार तदनुसार सन् २०२४ फेब्रुअरी १८ तारिख । माग कृष्ण पक्षको नवमी तिथि । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ । मन खुशी हुनेछ । धार्मिक व्यक्तित्वसँग भेट हुनेछ । व्यापारमा लाभ हुनेछ । शिक्षामा सफलता मिल्नेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ । परिवारको साथ मिल्नेछ ।

वृष : आर्थिक क्षेत्रमा फाइदा हुनेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । सामाजिक क्षेत्रमा विरोध सुन्नुपर्ने हुनसक्छ । मर्यादामा रहनु आवश्यक देखिन्छ । परिवारमा खुशी मिल्नेछ ।

मिथुन : दिन राम्रो छ । शिक्षामा लाभ हुनेछ । सामाजिक परोपकार गर्ने दिन रहेको छ । वैदेशिक क्षेत्रको लगानीमा जोगिएर काम गर्नुपर्ने देखिन्छ । परिपवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दैनिकी सामान्य छ । तपाईंको धनमा आँखा लगाउने धेरै छन् । खानपानमा ख्याल नगरे स्वास्थ्यमा समस्या हुनसक्छ । परिवारसँगको सम्बन्धमा खटपट हुनेछ ।

सिंह : दैनिकी राम्रो छ । पैतृक सम्पत्ति प्राप्त हुनेछ । शिक्षामा गरेको लगानीले सफलता मिल्नेछ । वैदेशिक क्षेत्रमा लगानी भए फाइदा हुनेछ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । परिवारसँगको सम्बन्धमा भने खटपटी देखिनसक्छ ।

कन्या : सयम राम्रो छ । परिवारसँगको सम्बन्ध राम्रो हुनेछ । सामाजिक सेवाको अवसर मिल्नेछ । रोग सुधार हुँदै जानेछ । लामो यात्रा नगर्नु राम्रो हुन्छ । आज पूर्वको यात्रा नगर्नु राम्रो हुन्छ ।

तुला : दिन राम्रो छ । प्रतिस्पर्धीले नै साथ र सहयोग गर्नेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । अचानक पुरानो रोग बल्झिने खतरा हुनसक्छ । खानपानमा विशेष ख्याल गर्नु राम्रो हुन्छ ।

वृश्चिक : समय सामान्य छ । झुटा आरोप सुन्नुपर्ने हुनसक्छ । अचानक शिर दर्दको सामना गर्नुपर्नेछ । शिक्षामा सफलता मिल्नेछ । ठुला काममा हात नलगाउनु राम्रो हुन्छ ।

धनु : दिन राम्रो छ । कारोबारबाट फाइदा हुनेछ । बन्धु र साथीबाट सहयोग मिल्नेछ । रोगबाट छुटकारा हुने योग रहेको छ । धेरै बोल्ने साथीसँग सचेत हुनुपर्ने आवश्यकता देखिन्छ । परिवारको सहयोग मिल्नेछ ।

मकर : समयको ख्याल गर्नुपर्ने देखिन्छ । कुनै पनि काममा जाँगर नहुने देखिन्छ । साथीभाइले साथ दिनेछन् । लामो समयदेखि समस्या भइरहेको रोगबाट मुक्त हुने योग छ । परिवारको साथ र सहयोग राम्रो छ ।

कुम्भ : दिन सामान्य छ । अल्छीपनले सताउने छ । साथीले अप्ठेरो कुरा गर्ने हुनसक्छ । झुटा आरोप सुन्नुपर्ने हुनसक्छ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । प्रेम र परिवारसँगको सम्बन्धमा समस्या हुनसक्छ ।

मीन : दिन राम्रो छ । मनमा उत्साह बढ्नेछ । स्वदेशमै लगानीका सम्भावना भेटिने छन् । ठुलो उद्योगमा हात नलगाएकै राम्रो हुनेछ । परिवारको साथ र सहयोग रहनेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ५ : १२ बजे

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर– बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन

विश्वकपको पुरस्कार राशि बढ्यो : विश्व विजेताले कति रकम पाउँछ ?

काठमाडौं – विश्वकप फुटबलको पुरस्कार राशि बढेको छ। फिफाले अमेरिका,

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ