आरम्भ आमाको पेट, अन्त्य परदेशको गेट | Khabarhub Khabarhub

आरम्भ आमाको पेट, अन्त्य परदेशको गेट



बाँस र तामा परस्पर गफिँदै थिए।
तामा : बा ! म आकास छेड्छु।
बाँस : लक्ष्य राम्रो हो। महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने झैं भएस- उद्देश्य के लिनु उडी छुनु चन्द्र एक।
तामा: तपाईं त निहुरिनु भो नि त !
बाँस : तिम्रो उमेरमा म पनि तिमीजस्तै सोच्थेँ। उचाई लिँदै जाँदा चराचर देख्दै गएँ। तत्वबोध भो, तामस अररो हुन्छ र टिक्दैन। ज्ञान शालीन हुन्छ तर टिक्छ। प्रारब्ध बुझ्दै गएपछि सब कुरा थाहा हुन्छ बाबु।

नेपालको राजनीतिमा थुप्रै तामाहरु बाँस बनेका छन्। अनि बाँस भएपछि फेरि तामा बन्न खोज्नेको धृष्टता पनि उस्तै निर्लज्ज ढंगमा प्रकट भइरहेको छ। बाउअघि राजा भएका ज्ञानेन्द्र राजाको पदवी खोसिँदा पनि उच्च संस्कारयुक्त कदबाट एक कदम पछाडि हटेका छैनन्। तर नीतिशास्त्रमा सबैभन्दा ठूलो दान मानिने मतदानको अभिभारा बोकेका नेताहरु राग, आग्रह र पूर्वाग्रहको सुरुङबाट निस्कन सकेका छैनन्। जनताको खुट्टाले दु :ख पाएर राजनीतिक परिवर्तन आयो तर भूमिकै नभएका नेताको छातीले तक्मा थाप्यो। उनीहरुको कार्यशैलीमाथि प्रश्न धेरै छन्, तर उत्तर छैन्। भएको उत्तर पनि अपुरो छ।

नेपालको राजनीतिमा थुप्रै तामा बाँस बनेका छन्। अनि बाँस भएपछि फेरि तामा बन्न खोज्नेको धृष्टता पनि उस्तै निर्लज्ज ढंगमा प्रकट भइरहेको छ।

नेपालमा सबैभन्दा सरल जागिर भनेको सरत्तारुढ हुनु हो। त्यहाँ पुगेपछि जान्नुपर्ने एउटै कला भनेको अर्तीशास्त्र हो। प्रधानमन्त्री नै यसको महारथी भइसकेपछि अरु मन्त्रीलाई झन् हाइसन्चो हुने नै भयो। तर हरेक सत्तारुढ त्यही सजिलो जागिर खान पनि असफल हुँदै गएका छन्। सरकारले ल्याएका हरेक एजेण्डा आलोच्य हुनु र त्यो आलोचनाको प्रतिरोध गर्न नसक्नु जागिर धरापमा पर्दै गएको सूचक हो। जनताले संविधानप्रदत्त पाएको अधिकार समेत अदालतले धम्की दिएपछि मात्र सरकारका मुखियाहरुका लागि श्रवणीय विषय बन्छ। यदि व्यवस्थापिका र कार्यपालिकाको कमाण्डर न्यायपालिकालाई बनाउनु थियो भने निर्वाचन प्रणालीलाई लोकतन्त्रको मेरुदण्डका रुपमा किन स्वीकार्नुपर्थ्यो ?

सत्तामा बस्नेलाई दुईवटा छुट छ – पहिलो राम्रो गर्ने, नसके नराम्रो भए पनि गर्ने। पेण्डुलम भएर बस्ने सुविधा राजनीति गर्नेलाई हुँदैन। सिद्धान्तत : महात्मा गान्धी सर्वप्रिय थिए। तर धनी र गरिब दुवैलाई फाइदा दिन खोज्दा उनको वाद निष्फल भयो। तर उनले सत्याग्रहमार्फत लिएको शान्तिको व्रत अविचल रह्यो। बलशाली अंग्रेजहरु पनि उनको अहिंसात्मक अभियानका अघिल्तिर नतमस्तक भए।

राणा र राजाले खाएको सलामी बहुदलका नेतालाई पनि उत्तिक्कै प्रिय लाग्यो। राणाले जुम्लाबाट मगाएर खाने कालो मार्सीको सम्मोहनले सात दशकपछि  केपी ओली र प्रचण्डलाई छोडेन्। दुर्गा प्रसाईंले ख्वाएको एकछाक भात जिन्दगीभरका लागि हँसिया निलेसरह बन्यो। नेपालमा ठुलो मान्छे कहलिन पहिलो सर्त भनेको मूल्य, मान्यता र आदर्शको तिलाञ्जलि नै हो। खराब चरित्रको संगत नगरी कुर्सी पाइन्न, कुर्सी पाएपछि उनीहरुले दिएको एजेण्डा नबोके ज्यान सुरक्षित हुन्न। काममा माखो मार्ने हुति, इच्छाशक्ति र खोटो नियत भएकै कारण नेताहरुको दैनिकी अमूर्त भाषणको रफुचक्कर लगाउँदै दिन कट्नी–मानो पचनीमा सीमित बनेको छ।

राणा र राजाले खाएको सलामी बहुदलका नेतालाई पनि उत्तिक्कै प्रिय लाग्यो। राणाले जुम्लाबाट मगाएर खाने कालो मार्सीको सम्मोहनले सात दशकपछि  केपी ओली र प्रचण्डलाई छोडेन्। दुर्गा प्रसाईंले ख्वाएको एकछाक भात जिन्दगीभरका लागि हँसिया निलेसरह बन्यो।

राज्यको चरित्रमा रुपान्तरण गर्ने साहस नेताहरुमा देखिँदैन भने कसरी समृद्धिको आयतन फराकिलो हुन्छ ? गिरिजाप्रसाद, शेरबहादुर देउवाले गरेको गल्ती हामीले किन गर्नु नहुने यस्तो मनोविज्ञानले वर्तमानका मुखियालाई कहाँ लैजान्छ ? गिरिजाप्रसादको ड्रेसकोडदेखि प्रधानमन्त्री क्वार्टरबाट मुलुक चलाउने अशिष्ट गतिविधिलाई धेरै प्रधानमन्त्रीले मलजल गरे। जब प्रधानमन्त्री नै खुराफातबाट माथि नउठेपछि त्यसको हिसाबकिताब कहाँ खोज्ने ?

हाकिम नियमित बस्ने र नबस्ने सरकारी कार्यालयको हविगत आफैं छुटिन्छ। त्यसैपनि हाम्रो शासनप्रणाली साइकल चलाएजस्तै हो। हेण्डिल नियन्त्रणमा राखेर दायाँबायाँ हुन नदिने पाइडललाई मरुन्जेल पेल्ने। यसको मतलब हो, ठुलालाई खुशी बनाउने, तलकालाई सकेसम्म दबाउने। निरंकुश भनिएको राजा ज्ञानेन्द्रको शासनमा समेत उनी नियमित कार्यालय पुगेको रेकर्ड छ।

राजनीतिका नालायक पात्रलाई फेरि सम्झिएर बरु तिनै ठीक थिए कि भन्ने निष्कर्षमा पुग्नुपर्ने अवस्था आउनु भनेको यो धरामा औंसीको पर्खाइ हो। ठुला मानिस कम बोल्नुपर्छ। उनीहरु बोल्ने भनेको कामले हो। तर यहाँका ठुलाबडा सबैभन्दा बढी चट्के छन्। प्रतिपक्षी र सत्तापक्षमा हुँदा गरिने कामका स्थायी अन्तरा छन्। तात्विक विषयवस्तुप्रति कसैको विवेचना छैन। सत्तारुढले सेतो भनेको कालो भन्नैपर्ने प्रतिपक्षीय धर्म एउटै लिक हिँडेको वर्षौं भइसक्यो।

कम्युनिस्ट र काँग्रेस सरकारमा हुँदा उनीहरुले लिने निर्णय, काम गर्ने ढर्रा, मन्त्रीहरुका बोलीवचन, अपराधमाथिको ढाकछोप, शक्तिको दम्भ एक इन्च फरक छैन्। अरु त अरु दामी झण्डावाल गाडी चढेर सिंहदरबार पस्नेदेखि आर्यघाट पुगेर कार्यकर्ताको शवमा झण्डा ओढाउने शैलीसमेत हुबहु उही छ।

कम्युनिस्ट र काँग्रेस सरकारमा हुँदा उनीहरुले लिने निर्णय, काम गर्ने ढर्रा, मन्त्रीहरुका बोलीवचन, अपराधमाथिको ढाकछोप, शक्तिको दम्भ एक इन्च फरक छैन्। अरु त अरु दामी झण्डावाल गाडी चढेर सिंहदरबार पस्नेदेखि आर्यघाट पुगेर कार्यकर्ताको शवमा झण्डा ओढाउने शैलीसमेत हुबहु उही छ। सम्मानमा मुठ्ठी कसेर तन्किने कम्युनिष्टका हात पनि अहिले ‘दर्शन’ लल्याकलुलुक हुन थालेको छ। लन्च, डिनर र भुजा ज्यूनारसँगै सहरी नुनसँग सम्झौता गरेपछि हात लाग्ने भनेको पाखण्ड नै हो।

हेर्नुस त महाभारतमा आफ्नो प्राण अर्पण गर्ने त्यत्रा सैनिकको नाउँ कहाँ छ ? रामायणमा ती सबै दानव र बाँदरको नाम कहाँ छ ? सिंहदरवार बनाउँदा थिच्चिने, मिच्चिने र रातदिन पसिना बगाउने श्रमिकको नाउँ कहाँ छ ? धरहरा बनाउने सयौं कर्मीहरुको नाउँ कहाँ छ ? नाउँ छ त कौरव र पाण्डवहरुको। नाउँ छ त फगत राम र रावणको। नाउँ छ चन्द्रशम्शेरको, अनि अमर छन् भीमसेन थापा। हुन पनि इतिहास जित्नेहरुको घोडा हो भन्छन्। सत्य जान्नु, बुझ्नु र भोग्नु भनेको जिन्दगीको असली रसास्वादन हो। सत्य आगो हो, जुन चाहे पनि नचाहे पनि स्वीकार्नै पर्छ।

घडीको सूई पनि डिजिटल भएर होला मान्छेको सोच र गति पनि भ्यागुता उफ्राईजस्तै छ। कार्यशैलीमा विवेक कम, रोबर्ट ज्यादाको अधिक प्रभाव देखिन्छ। भावना, कल्पना र संवेदनाहीन अवस्थामा बाँचेको मान्छे फगत मेसिन हो। मन विनाको मान्छे र रोबटबिच कति फरक होला ? सायदै यही अवस्थाबाट दिक्क भएर जर्ज ह्यारिसनहरु शान्ति खोज्दै गंगाको किनारमा गेरु वस्त्रधारी भएर निस्किएका होलान्। म्याडोनाहरु संस्कृत भाषाको सम्मोहनमा लहस्सिएका होलान्।

आखिर मान्छेको अर्को नाम भनेकै प्रयोग हो। अझ त्यो भन्दा पर गएर भन्ने हो भने मान्छे गुण र दोषको सम्मिश्रण हो। मन परेको त्यही मान्छे आँखामा हाले पनि बिझाउँदैन । तर मन नपरेको मान्छे एक कोश परबाटै एलर्जी हुन्छ।

आखिर मान्छेको अर्को नाम भनेकै प्रयोग हो। अझ त्यो भन्दा पर गएर भन्ने हो भने मान्छे गुण र दोषको सम्मिश्रण हो। मन परेको त्यही मान्छे आँखामा हाले पनि बिझाउँदैन । तर मन नपरेको मान्छे एक कोश परबाटै एलर्जी हुन्छ। मान्छे त मान्छे नै भयो, एकैदिन जन्मिएका काँडा र फूलले पाउने व्यवहारको अन्तर कस्तो हुन्छ ? संसार आफैंमा सुन्दर छैन, तर त्यसलाई हेर्ने आँखा सुन्दर हुनुपर्छ।

खानामा हैन, जीब्रोमा स्वाद हुनुपर्छ। आनन्द दृश्यले हैन, मनले ग्रहण गर्नुपर्छ। सृष्टिको नियम उहिले जे थियो, अहिले पनि त्यही छ। चराहरु उडिरहेकै छन्। बादलहरु विभिन्न आकृतिमा विभाजित भइरहेका छन्। आँखाको सिमानाभन्दा विशाल मैदान छन्। त्यही नजिक उठेका हिमाल छन्। अझ पहाडलाई पनि उछिनेर उठेका स्निग्ध ध्यानमग्न ऋषि महर्षि बसे झैं हिमालय छन्। रात खुम्चिदै उज्यालो टेक्न पुग्छ।
प्रत्येक दिन बिहान, दिउँसो, साँझका नाममा बालक, युवा र वृद्धको नियति झैं खुम्चिन र फक्रिन पुग्छ। दिउँसोको स्निग्ध आकास होस् या रातमा आफ्नो वरिपरि तारा र चन्द्रमाको दुधिलो उज्यालोमा आफूलाई आकर्षक बनाउने आकास होस, ती सबै शोभायमान छन्। सृष्टिको रहस्य र सम्पूर्ण सौन्दर्य चारैतिर समेटेर मानिसलाई कति तरंग र भावनाका फूलहरु बर्साइरहेका छन्।

जति हेर्यो, उति हेरिरहूँ लाग्ने भावुकताको मातले छोएर संवेदनाको तरलतासम्म पुग्ने यस्ता क्षणहरु, सौन्दर्यकृत प्रकृतिका उपहार त्यसै त्यसै नष्ट भइरहेका छन्। ऋतु ऋतुमा हुने परिवर्तन र त्यस परिवर्तनबाट मानिसभित्र छाउने ऊर्जा प्रकृतिको अजस्र धारा हो, धारा। शिशिरको पतझड, वसन्तको पालुवा, वर्षादको झम्झम् र शरद्को स्निग्धता कुनै संगीतको कुनै सुरभन्दा कम छैन्। प्रकृतिका यी रस पिउनेको जीवनमा सधैं नवीन अनुभूतिको आलोक खुलिरहन्छ।

आशावादीका लागि संसार सुन्दर छ। उसको आँखा शिल्पी बनेर उघ्रिन्छ। महात्मा बनेर चिम्लिन्छ। यो धरा सधैं नूतन, सनातन, अजर र अमर छ।

आशावादीका लागि संसार सुन्दर छ। उसको आँखा शिल्पी बनेर उघ्रिन्छ। महात्मा बनेर चिम्लिन्छ। यो धरा सधैं नूतन, सनातन, अजर र अमर छ। प्रकृतिको यही इन्द्रेणीमा साहित्य, संगीत र कलाका मुनाहरु पलाइरहन्छन्। यही इन्द्रेणी हो कविता निरन्तर सिर्जना भइरहेछ।
यहीँभित्र संगीत निरन्तर बजिरहेछ। यो कल्पनाको इन्द्रेणी, यो भावनाको इन्द्रेणी र संवेदनाको इन्द्रेणी जुन सधैं सुन्दर र रहस्यमयी छ। यो अनन्त इन्द्रेणी रहेसम्म कविता लेखिइरहन्छ, संगीत बजिरहन्छ र सम्पूर्ण कलाहरु रचना भइरहन्छन्। कविताको आनन्द लिन पनि आफूसँग केही कविता हुनैपर्छ। संगीतको धून सुन्न आफूभित्र तरंग हुनैपर्छ।

सौन्दर्य पिउन आफूभित्र सौन्दर्य हुनुपर्छ। यन्त्रणाबाट आफू नियन्त्रित आजको मान्छे आफैं निस्सासिएको छ। यत्रो पृथ्वीमा आउने अवसर पाएको मान्छे यति ठुलो पृथ्वीको विचित्रता र अनन्तता हेर्न त परै जाओस्, अब आफ्नै घर आँगनमा फुल्ने र सयपत्रीको सौन्दर्यलाई पनि उ आफूमा आत्मसात् गर्ने संवेदना हराउँदै गएको छ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ९ : २५ बजे

बजेटपछि नेप्सेमा गिरावट : बजार करेक्सन कि असर ?

काठमाडौं – मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२

कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैन : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई दबाबमा राखेर मुलुकको आर्थिक

गगन भन्छन् : सहकारी ठगीमा रविको संलग्नता पुष्टि हुन्छ, केपी ओली जोगाउन जुटे

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् अधिवेशन अन्त्य गर्ने

तापक्रमले स्वास्थ्य संकट निम्त्याउन सक्ने विज्ञहरूको चेतावनी

काठमाडौं– भारतमा बढ्दो तापक्रमले देशका भीडभाडयुक्त सहरहरूमा स्थितिमा प्रतिकूल प्रभाव