मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले आज विश्वासको मत लिँदै « Khabarhub

मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले आज विश्वासको मत लिँदै


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो २ बजे मधेस प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि यादवले विश्वासको मत लिन लागेका हुन् । गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएको थियो ।

गत पुस २७ गते जसपाबाट मुख्यमन्त्री बनेका यादवले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । १०७ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत पाउन ५४ सांसदको समर्थन आवश्यक पर्दछ ।

यादवलाई जनमत पार्टीले विश्वासको मत फिर्ता लिए पनि गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाले भने यादवलाई मत दिने जनाएका छन् ।

प्रदेशसभामा कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९–९ र एकीकृत समाजवादीका ७ जना सांसद छन् । यस्तै, एमालेका २३, जनमतका १३ तथा राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक–एक सांसद छन् ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ९ : २६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५