यातायातमन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेको माग | Khabarhub Khabarhub

यातायातमन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेको माग


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ ।

आज बसेको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सचेतक महेश बर्तौलाले सरकारद्वारा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनले बालकुमारी घटनामा मन्त्री ज्वालालाई दोषी देखिएकाले पदबाट बर्खास्त गर्न माग गरे ।

मन्त्री स्वयंले राजीनामा दिनुपर्नेमा नदिएकाले उनलाई बर्खास्त गर्नुपर्ने र यस घटनामा गृहमन्त्री पनि जोडिएको उनको भनाइ छ ।

विमानस्थलमा प्रहरी र अध्यामगन कर्मचारीबीचको कुटाकुट भएको घटनामा छानबिन समितिले दोषी देखाएका प्रहरीलाई कारबाही गरेको सरकारले बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई जोगाएर ‘सानालाई ऐन ठूलालाई चैन’ भनेजस्तै गरेको सचेतक बर्तौलाले आरोप लगाए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ११ : ४८ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका