तामाकोशीको मालुमा गोरेटो बाटोको धमाधम स्तरोन्नति   « Khabarhub

तामाकोशीको मालुमा गोरेटो बाटोको धमाधम स्तरोन्नति  


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको तामाकोशी गाउँपालिका वडानम्बर-४ मालुले गाउँका पुराना गोरेटो बाटोको स्तरोन्नति गर्ने कार्य यस वर्षदेखि सुरु गरेको छ ।

वडाले यस वर्ष गाउँपालिकाको युवा स्वरोजगार कार्यक्रम तथा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडा भित्र रहेका पुराना मूलबाटो तथा जोखिमयुक्त शाखा गोरेटो बाटोमा ढलान गर्न सुरु गरेको वडा अध्यक्ष सुरज खड्काले बताए ।

वडा अध्यक्ष खड्का अनुसार करिब दुई किलोमिटर पक्की गोरेटो बाटो निर्माण गर्नको लागि २९ लाख बजेट विनियोजन भएको छ। अहिले वडाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको अनुदानमा पालिकाले पनि स्थानीय युवालाई स्वरोजगार बनाउने उद्देश्यले वडामा पठाएको तामाकोशी स्वरोजगार कार्यक्रम अन्तर्गतको अनुदानमा स्थानीयलाई रोजगार उपलब्ध गराउँदै स्थानीय गोरेटो निर्माणमा लगाइएको खड्काको भनाइ छ।

वडाले यस वर्ष दैनिक हिँडडुल गरिने पुराना मूलबाटोहरूमा सिँढीसहितको पक्की गोरेटो बाटो निर्माण गरिरहेको छ।त्यस्तै वडाले महत्त्वपूर्ण योजनाको रूपमा एक करोड बजेटमा तामाकोशी मालुडाँडा गाउँपालिका सडकमा यस वर्ष एक किलोमिटर पक्की सडक निर्माण गर्ने जनाएको छ।

वडाले स्थानीय सडक,गोरेटो बाटो स्तरोन्नति सँगै ४ नम्बर वडा भित्र सञ्चालन गरेको एक घर एक धारा कार्यक्रम यस वर्ष करिब सक्ने योजना बनाएको वडा अध्यक्ष खड्काले बताए ।

मालुमा खानेपानी समस्या रहेका बस्तीमा करिब ४०/५० वटा धारा निर्माण सम्पन्न गरेपछि एक घर,एक धारा कार्यक्रम पुरा हुने उनले दाबी गरे।

त्यसै गरी स्थानीयलाई कृषिमा आत्मनिर्भर बनाउन सिँचाइको अभाव देखिएको बस्तीमा बोरिङ मार्फत सिँचाइ पानी उपलब्ध गराएको छ। त्यसै गरी गाउँपालिकाको मालुमा १४ करोड लागतमा १० बेडको तामाकोशी अस्पताल निर्माण हुने भएको छ।

वडा नम्बर-४ मालुमा गाउँपालिकाको ४० प्रतिशत अनुदान तथा संघीय सरकारको ६० प्रतिशत लगानीमा १०बेडको तामाकोशी अस्पताल निर्माण भइरहेको मालुका वडा अध्यक्ष सुरज खड्काले जानकारी दिए।

अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको वडाले जनाएको छ। उक्त अस्पताल यस वर्ष निर्माण सक्ने समय रहे पनि केन्द्र सरकारले बजेट पठाउन ढिला गर्दा यस वर्ष काम सम्पन्न हुन नसकेको वडाले जनाएको छ। फिनिसिङ बाहेक अन्य काम सम्पन्न गरे पनि करिब दुई करोड बजेट भुक्तानी नपठाउँदा बीचमा काम रोकिन पुगेको थियो ।

यस वर्ष निर्माण कम्पनीलाई पालिकाले म्याद थप गरेर उक्त अस्पतालको निर्माण अन्तिम चरण पुगेको छ।  निर्माण कम्पनीले फिनिसिङ, रंगरोगन,बिजुली,फर्निचर बाहेक अन्य वालको काम सम्पन्न गरिसकेको छ।

उक्त अस्पताल निर्माण सम्पन्न भएपछि वडाले २४ सै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराउने तामाकोशी गाउँपालिकाको प्रवक्ता समेत रहेका एवं वडा अध्यक्ष खड्काले बताए।

त्यस्तै वडाले स्थापना गरेको आँखा केन्द्रले मालु आसपासका आँखा रोगीलाई वडाबाटै उपचार दिन थालेपछि थप सहज भएको छ वडाले जनाएको छ।

सुबास बस्नेत

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  १ : ०५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया