प्रजातन्त्र दिवसमा टेलिकमको आकर्षक अफर « Khabarhub

प्रजातन्त्र दिवसमा टेलिकमको आकर्षक अफर


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहिदहरुको सम्मानार्थ सहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न अफर उपलब्ध गराएको छ ।

सो अफर आइतबार देखि प्रारम्भ भएको छ र आगामी फागुन १२ सम्म उपलब्ध हुनेछ ।

कम्पनीकाअनुसार साविक बमोजमको फ्रि रिसाेर्सेस अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिन सम्म सो  रिसाेर्स चलाउन मिल्ने सिमकार्ड सहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने छ ।

त्यसैगरी एफटीटीएच अन्तर्गत वार्षिक ५० एमबीपीएसको वान टाइम प्याकेज र कम्बाे वान टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ । यस अन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आगामी फागुन १२ गतेसम्म मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरू उपयोग गर्न सकिने छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  २ : २० बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा