प्रजातन्त्र दिवसमा टेलिकमको आकर्षक अफर | Khabarhub Khabarhub

प्रजातन्त्र दिवसमा टेलिकमको आकर्षक अफर


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहिदहरुको सम्मानार्थ सहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न अफर उपलब्ध गराएको छ ।

सो अफर आइतबार देखि प्रारम्भ भएको छ र आगामी फागुन १२ सम्म उपलब्ध हुनेछ ।

कम्पनीकाअनुसार साविक बमोजमको फ्रि रिसाेर्सेस अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिन सम्म सो  रिसाेर्स चलाउन मिल्ने सिमकार्ड सहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने छ ।

त्यसैगरी एफटीटीएच अन्तर्गत वार्षिक ५० एमबीपीएसको वान टाइम प्याकेज र कम्बाे वान टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ । यस अन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आगामी फागुन १२ गतेसम्म मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरू उपयोग गर्न सकिने छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  २ : २० बजे

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ