राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्र कति सुदृढ ? | Khabarhub Khabarhub

राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्र कति सुदृढ ?


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका राजनीतिक दलभित्रको लोकतन्त्रको अवस्थाबारे बहस हुने गर्छ । देशमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भएपनि दलहरुभित्र भने अझै निरंकुश कार्यशैली रहेको भनी आलोचना पनि हुने गर्दछ । यसै सन्दर्भमा पोखरामा जारी साहित्य सम्मेलनमा कति लोकतान्त्रिक दलहरु ? शीर्षकमा छलफल भएको छ । छलफल कार्यक्रममा नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्मा, नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी र नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटा र विज्ञ सुचेता प्याकुरेल वक्ताको रुपमा उपस्थित थिए ।

कार्यक्रममा बोल्दै कांग्रेस नेता विश्वकर्माले आफ्नो पार्टीले समयमा नै महाधिवेशन सम्पन्न गर्ने गरेको बताउँदै पार्टीको इतिहासमा १४ पटक महाधिवेशन गरिसकेको उल्लेख गरे । उनले भने– इतिहासदेखि नै नेपाली काँग्रेसभित्र पूर्ण रुपमा आन्तरिक लोकतन्त्रको अभ्यास भइरहेको छ । त्यसैगरी, आन्तरिक निर्वाचन प्रणाली पनि सुदृढ भएको छ ।

एमाले नेता गिरीले एमालेले आफ्नो पार्टी संरचनामा पूर्ण रुपमा लोकतान्त्रिक अभ्यास अपनाएको उल्लेख गदै त्यही प्रणालीमार्फत नै आफूजस्ता युवा नेता पार्टीको केन्द्रीय समितीमा निर्वाचित भएको र संसदको सर्वाेच्च पदमा पनि रहेको बताए । उनले भने– अवश्यले नै हामीले पार्टी बाहिर र भित्र लोकतान्त्रिक संस्कारलाई अझ बृद्धि गर्नुपर्ने आवश्यकता रहेको छ । गिरीले एमाले समावेशी तथा आन्तरिक लोकतन्त्रप्रति प्रतिवद्ध रहेको र लोकतन्त्र आफूहरुको पनि साध्य रहेको बताए ।

नेकपा माओवादीका नेता माधव वास्कोटाले भर्खरै सकिएको पार्टीको पहिलो विधान अधिवेशनले आन्तरिक लोकतन्त्र एवं जनवादलाई अझ सुदृढ बनाएको र त्यहाँ स्पष्ट रुपमा सबै सहभागितले आफ्नो धारणा राखेको बताए । उनले भने– संसारभरका कम्युनिष्टले जनवादको नारा लगाउँदै आएपनि नेपालमा भने यस विषयमा अझै बहसको आवश्यकता छ । लोकतन्त्रसँग प्रत्यक्ष सम्बन्धित जनवादका कुरा गर्दा अराजकतातिर जाने र केन्द्रियकतको कुरा गर्दा निरंकुशता तर्फ जान्छ ।

कार्यक्रममा बोल्दै सुचेता प्याकुरेलले विश्वका धेरै मुलुकमा लोकन्त्र र राजनीतिक दललाई सँगै लैजाने काम चुनौतीपूर्ण रहेको बताइन् । उनले लोकतान्त्रिक अभ्यासका हिसाबले सबै पार्टीहरुले आफूहरु सहि ठाउँमा रहेको बताए पनि लिंग र जातका हिसाबले नेपाली राजनीतिक पार्टी समावेशी नरहेको बताइन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ३ : १४ बजे

चालू आर्थिक वर्षमा शहरी विकास मन्त्रालयको खर्च १२ अर्ब २४ करोड

काठमाडौं– शहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षमा १२ अर्ब २४

मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द

खोटाङ– यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने सम्बन्धित

पृथ्वीनारायण क्याम्पसमा मतदान सुरु हुन सकेन, डब्लुआरसीमा पनि विवाद 

पोखरा– पोखराको पृथ्वीनारायण क्याम्पसमा सामान्य विवादका कारण मतदान सुरु हुन

नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान

कर्णालीबाट ३८ हजार परीक्षार्थी एसईईमा सहभागी हुँदै

कर्णाली– यही चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा