चलचित्र विकास बोर्ड स्वायत्त हुनुपर्छ : भुवन केसी « Khabarhub

चलचित्र विकास बोर्ड स्वायत्त हुनुपर्छ : भुवन केसी


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- कलाकार तथा चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले बोर्ड स्वायत्त नभएसम्म काम गर्न नसक्ने बताएका छन् । चलचित्र पत्रकार संघले आइतबार हेटौंडामा आयोजना गरेको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

साथै उनले चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउन कार्यविधि अगाडि बढाइएको पनि बताए ।

‘हाम्रोमा चलचित्र ऐन र यसभित्र समस्या छन्, बोर्ड आफैँमा स्वायत्त छैन’, उनले भने, ‘स्वायत्त नभएसम्म चलचित्र विकास बोर्डले धेरै काम गर्न सक्दैन । स्वायत्ततालाई प्राथमिकतामा राखेर नयाँ पाठ बनाएका छौं । भोलि या पर्सि यसलाई लिएर हामी मन्त्रालयमा जान्छौं ।’

उनले यो कार्यविधि पारित भए चलचित्र क्षेत्रसम्बन्धी धेरै उपलब्धिमूलक काम हुने दाबी समेत गरे । साथै उनले आफू चलचित्र विकास बोर्डमा गएपछि धेरै काम हुनुपर्ने भए पनि हुन काम हुन नसकेको स्वीकार गरे । यसको कारण ऐन भएको उनको तर्क थियो ।

कार्यशालामा सहभागी चलचित्र पत्रकार र कलाकारहरुको सहभागितालाई सकारात्मक रुपमा लिएको पनि उनले बताए । यसले नेपाली चलचित्रको प्रवर्धन, अन्तर्राष्ट्रिय रुपमा विश्वव्यापीकरण गर्न कसरी अगाडि लैजाउने भन्ने बारे बृहत्त छलफल हुने आशा समेत राखे ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ४ : ३४ बजे

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्