सडकमा दूध पोखेर चितवनका किसान आन्दोलनमा उत्रिए « Khabarhub

सडकमा दूध पोखेर चितवनका किसान आन्दोलनमा उत्रिए


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

चितवन- सरकारले भुक्तानी नदिएको भन्दै चितवनका किसानहरु सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । चितवन दुग्ध उत्पादक सहकारीहरुले दूधको बिक्री तथा भुक्तानीमा देखिएको बेतिथिको विरोधमा आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए ।

किसानहरुले सडकमा दूध पोख्नुका साथै किसानको समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापनपत्र पनि बुझाएका छन् । उक्त अवसरमा सरकारले आफूहरुको आन्दोलनलाई बेवास्ता गरे अझ सशक्त आन्दोलन गर्ने अध्यक्ष बगालले बताए ।

किसानहरुले उत्पादन गरेको दूध बिक्रीको व्यवस्था र किसानले भुक्तनी पाउनुपर्ने माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

चितवनका किसानहरुले साउन महिना देखिको करिब ५२ करोड भुक्तानी बाँकी रहेको जनाएका छन् । त्यस्तै, ५ दिनदेखि दूध बिक्री नभएको उनीहरुको भनाइ छ । चितवनवाट दैनिक १ लाख ५१ हजार लिटर दूध बिक्री हुँदै आएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ४ : ४८ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।