गठबन्धनका कारण कांग्रेसको भोट प्रतिशत घट्यो : नेता कोइराला « Khabarhub

गठबन्धनका कारण कांग्रेसको भोट प्रतिशत घट्यो : नेता कोइराला


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनका कारण कांग्रेसको भोट प्रतिशत घट्दै गएको बताएका छन् ।

आइतबार काठमाडौंमा महासमिति बैठकमा सहभागी हुन आएका सदस्यहरुका निम्ति आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले अहिले सरकारमा सहभागी हुँदा रमाइरहेपनि यसका कारण कांग्रेसको भोटको प्रतिशत घट्दै गएकोप्रति गम्भीर हुन नसकेको बताएका हुन् ।

देशैभर कांग्रेस कार्यकर्तामा गठबन्धनप्रति निराशा छाएको भन्दै महासमिति बैठकमा खुलेर यसबारे बहस गर्नुपर्ने उनले बताए । कोइरालाले अहिलेको निर्वाचन प्रणालीले कुनै पनि दललाई बहुमत दिन नसक्ने भएकाले निर्वाचन प्रणालीमा देखिएको समस्या समाधान गर्न कांग्रेसले पहल लिनुपर्ने धारणा राखे । निर्वाचन प्रणाली बदल्नका लागि अन्य दलहरुसँग छलफल गर्नुपर्ने उहाको भनाइ छ ।

उनले महासमितिको बैठकले १५ महाधिवेशनको सुनिश्चितता गर्नका लागि गम्भीर हुनुपर्ने बताए । महासमितिलगतै महाधिवेशनको तयारी गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ४ : ५३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्