गठबन्धनका कारण कांग्रेसको भोट प्रतिशत घट्यो : नेता कोइराला | Khabarhub Khabarhub

गठबन्धनका कारण कांग्रेसको भोट प्रतिशत घट्यो : नेता कोइराला


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनका कारण कांग्रेसको भोट प्रतिशत घट्दै गएको बताएका छन् ।

आइतबार काठमाडौंमा महासमिति बैठकमा सहभागी हुन आएका सदस्यहरुका निम्ति आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले अहिले सरकारमा सहभागी हुँदा रमाइरहेपनि यसका कारण कांग्रेसको भोटको प्रतिशत घट्दै गएकोप्रति गम्भीर हुन नसकेको बताएका हुन् ।

देशैभर कांग्रेस कार्यकर्तामा गठबन्धनप्रति निराशा छाएको भन्दै महासमिति बैठकमा खुलेर यसबारे बहस गर्नुपर्ने उनले बताए । कोइरालाले अहिलेको निर्वाचन प्रणालीले कुनै पनि दललाई बहुमत दिन नसक्ने भएकाले निर्वाचन प्रणालीमा देखिएको समस्या समाधान गर्न कांग्रेसले पहल लिनुपर्ने धारणा राखे । निर्वाचन प्रणाली बदल्नका लागि अन्य दलहरुसँग छलफल गर्नुपर्ने उहाको भनाइ छ ।

उनले महासमितिको बैठकले १५ महाधिवेशनको सुनिश्चितता गर्नका लागि गम्भीर हुनुपर्ने बताए । महासमितिलगतै महाधिवेशनको तयारी गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ४ : ५३ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार