चिनियाँ बायोटेक कम्पनीमाथि प्रतिबन्ध लगाउन ह्वाइट हाउससमक्ष अमेरिकी जनप्रतिनिधिको माग « Khabarhub

चिनियाँ बायोटेक कम्पनीमाथि प्रतिबन्ध लगाउन ह्वाइट हाउससमक्ष अमेरिकी जनप्रतिनिधिको माग


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन डीसी- अमेरिकी जनप्रतिनिधिहरुले चिनियाँ बायोटेक कम्पनी वुसीमाथि प्रतिबन्ध लगाउन ह्वाइट हाउससमक्ष माग गरेका छन् ।

अमेरिकी कंग्रेसमा प्रतिनिधित्व गर्ने रिपब्लिकन र डेमोक्र्याटिक दुबै पार्टीका प्रतिनिधिहरुले चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाउन बाइडेन प्रशासनसमक्ष माग गरेका हुन् ।

उनीहरुले अमेरिकी अर्थमन्त्री जेनेट येलेन, रक्षामन्त्री लोयड अस्टिन र जिना राइमोन्डोलाई पत्र लेख्दै उक्त कम्पनीको सम्बन्ध चिनियाँ कम्युनिष्ट पार्टीसँग रहेको भन्दै यस्तो माग गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । यसबाट अमेरिकी राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न हुने उनीहरुको भनाइ छ ।

उक्त पत्रमा माइक गलाहेर, राजा कृष्णमूर्ति, ग्यारी पिटर्स, बिल हागेर्टीजस्ता अमेरिकी प्रतिनिधिले हस्ताक्षर गरेका छन् । हालैमात्र अमेरिकी कंग्रेसले चिनियाँ कम्पनीहरु बीजीआई समूह, वुसी एपटेक र अन्य बायोटेक कम्पनमाथि कडाइ गर्ने विधेयक अघि सारेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  १२ : ४९ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण