पाकिस्तानमा शान्तिपूर्ण शक्ति हस्तान्तरण हुनुपर्छ : ह्युमन राइट्स वाच « Khabarhub

पाकिस्तानमा शान्तिपूर्ण शक्ति हस्तान्तरण हुनुपर्छ : ह्युमन राइट्स वाच


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- निर्वाचन सकिएर नयाँ सरकार बन्न लागेको अवस्थामा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले पाकिस्तानमा शान्तिपूर्ण शक्ति हस्तान्तरण हुनुपर्नेमा जोड दिएको छ ।

पाकिस्तानमा गत फेब्रुअरी ८ मा निर्वाचन भएर परिणाम आइसक्दा पनि नयाँ सरकार गठन भइसकेको छैन । त्यसबाहेक विभिन्न पक्षहरुले उक्त निर्वाचनमा अनियमिमता भएको आरोप पनि लगाउँदै आएका छन् ।

ह्युमन राइट्स वाचले विज्ञप्ति जारी गर्दै निर्वाचनमा सहभागी सबै पक्षलाई लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्दै निर्वाचनमा भएको भनिएका धाँधलीबारे स्वतन्त्र छानबिन हुनुपर्ने पनि जनाएको छ । ह्युमन राइट्स वाचकी एसिया क्षेत्रकी सहनिर्देशक पट्रिसिया ग्रोसमानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तान सरकारले निर्वाचन परिणामको सम्मान गर्दै शान्तिपूर्ण शक्ति हस्तान्तरणको प्रत्याभूति गर्नुपर्छ ।’

पाकिस्तानमा जारी आर्थिक एवम् मानव अधिकार संकटले त्यहाँ चाँडोभन्दा चाँडो प्रतिनिधिमूलक सरकारको आवश्यकता रहेको देखाएको उनको भनाइ छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ४ : ५७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको