सुशासनमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनु छ : ओली « Khabarhub

सुशासनमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनु छ : ओली


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

कैलाली – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाइने बताएका छन् ।

नेकपा (एमाले) कैलालीको नवौँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले राजनीतिक परिवर्तनलाई मूर्त रुप दिई देशमा सुशासनको बाटोमार्फत समृद्ध नेपाल सुखी नेपाली बनाइने बताए।

उनले भने, “राजनीतिक क्षेत्रमा बलिदान ग-यौँ, अब विकासमार्फत देशलाई परिवर्तन गर्नुछ ।” अहिले मुलुक गम्भीर मोडमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले राष्ट्रियता कमजोर भएको बताए ।

आफ्नो पार्टीले हरेक पालिकामा अस्पताल बनाउने कुरामा जोड दिएको उनको भनाइ थियो । आफ्नो कार्यकालमा गरेका कामलाई अहिलेको सरकारले निरन्तरता नदिएको अध्यक्ष ओलीको आरोप थियो ।

देशमा रोजगारीको सृजना गर्न नसक्नु विडम्बना रहेको उल्लेख गर्दै गाउँबस्ती रित्ता भइरहेकामा चिन्ता व्यक्त गरे ।

“दैनिक हजारौँको सङ्ख्यामा युवायुवती विदेशिएका छन् । म प्रधानमन्त्री भएको बेला उत्पादन वृद्धि भएको थियो, पूर्वाधारको विकास भएको थियो । एकै दिनमा दुई सय १० पालिका सदरमुकाम जोड्ने सडक शिलान्यास गरेको थिए । आज ती सडक अलपत्र छन्”, उनले भने , “हामीलाई यो देशमा सुशासन ल्याउनु छ, रोजगारीको अवसर सृजना गर्नु छ, जनताको जीवनमा परिवर्तन ल्याउनु छ ।”

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  १० : १४ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४