सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूलमन्त्र हो : उपप्रधानमन्त्री « Khabarhub

सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूलमन्त्र हो : उपप्रधानमन्त्री


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

गोरखा – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्याय वर्तमान सरकारको मूलमन्त्र रहेको बताएका छन् ।

गोरखाको पालुङटार नगरपालिका–७ च्याङलीस्थित जीवन ज्योति माध्यामिक विद्यालयको ५६औँ वार्षिकोत्सवमा उनले सुशासन कायम नभएसम्म विकास–निर्माणका कामले फड्को मार्न नसक्ने बताए ।

‘अहिलेको सरकारको मूलमन्त्र सुशासन, समृद्धि र सामाजिक न्याय हो,’ गृहमन्त्री श्रेष्ठले भने , ‘विकासमा फड्को मार्न सुशासन अनिवार्य शर्त हो ।’

पर्याप्त स्रोत साधनको अभावमा सरकारले चाहेजस्तोे विकास निर्माणका काम गर्न नसकेको उनले बताए । गृहमन्त्री श्रेष्ठले भने, ‘देशमा हामीले ठूलो राजनीतिक परिवर्तन ग¥यौँ, नयाँ संविधान बनायौँ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यौँ, अब लोकतन्त्रको माध्यमबाट आमनागरिक जीवन फेर्नुपर्छ ।’

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  १० : ३७ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ