आजको मौसम : स्थानीय वायुको आंशिक प्रभाव रहने « Khabarhub

आजको मौसम : स्थानीय वायुको आंशिक प्रभाव रहने


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ६ बजेर १० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १४ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ६ : १३ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम