एफए कप : चेल्सी सेमिफाइनलमा प्रवेश « Khabarhub

एफए कप : चेल्सी सेमिफाइनलमा प्रवेश


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एफए कप फुटबलमा चेल्सी सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति लेस्टर सिटीलाई ४–२ गोलले हराउँदै चेल्सी सेमिफाइनलमा पुगेको हो ।

चेल्सीका मार्क कुकुरेला, कोल पाल्मर, कार्ने चुक्वाहमेका र नोनी मडेकले गोल एक–एक गोल गरे । लेस्टरका लागि स्टेफी माविडिडीले एक गोल गरे भने एक गोल आत्मधाती उपहार स्वरुप प्राप्त भएको थियो ।

चेल्सीका कुकुरेलाले खेलको १३औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै पहिलो हाफको इन्जुरी समयमा पाल्मेरले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि ५१ मिनेटमा चेल्सीका एक्सल डिसासीले आत्मघाती गोल गरेपछि खेले २–१ गोलको अवस्थामा आयो । यसैगरी खेलको ६२औँ मिनेटमा माविडिडीले गोल गर्दै लेस्टर सिटी २–२ गोलको बराबरीमा आइपुग्यो ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा चेल्सीका चुक्वाहमेका र मडेकले गोल गर्दै टोलीलाई ४–२ गोलको जित दिलाए ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ७ : १२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको