चीनका विदेशमन्त्री वाङ न्युजिल्यान्ड भ्रमणमा « Khabarhub

चीनका विदेशमन्त्री वाङ न्युजिल्यान्ड भ्रमणमा


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनका विदेशमन्त्री वाङ यीले सोमबार न्युजिल्यान्डको भ्रमण गरेका छन् । भ्रमणका क्रममा उनले ’अस्तव्यस्त अन्तर्राष्ट्रिय परिस्थिति’ को सामना गर्दै ‘मित्रहरू’ सँग काम गर्ने आवश्यकतामा जोड दिएका छन् । 

वाङको यो भ्रमणले न्युजिल्यान्ड र अस्ट्रेलियामार्फत कूटनीतिक आक्रमणको सुरुआतलाई संकेत गर्दछ । सन् २०१७ पछि वाङको यो कुनै पनि मुलुकको पहिलो भ्रमण हो । बेइजिङले घरेलुस्तरमा सुस्त आर्थिक वृद्धिबाट हुने पीडालाई कम गर्न चाहेको बेला भ्रमणमा व्यापारमाथि व्यापक ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ । 

न्युजिल्यान्डका आफ्ना समकक्षीसँगको भेटअघि राजधानी वेलिङ्टनमा बोल्दै वाङले आफ्नो भ्रमण ताइवान र दक्षिण चीन सागर जस्ता मुद्दामा बेइजिङको आक्रामक अडान अपनाएकाले तनावमा परेको कूटनीतिक सम्बन्धलाई सुदृढ बनाउने अवसर भएको बताए । 

‘वर्तमान अस्तव्यस्त अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दै साझा चासोका अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा न्युजिल्यान्डका हाम्रा मित्रहरूसँग रणनीतिक सञ्चार सुदृढ बनाउन हामी इच्छुक छौँ’, न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्ससँगको बैठकअघि उनले भने, ‘साथै हामी यस क्षेत्र र विश्वमा शान्ति तथा स्थिरता कायम राख्न मिलेर काम गर्नेछौँ ।’

न्युजिल्यान्ड संयुक्त राज्य अमेरिका, क्यानाडा, संयुक्त अधिराज्य र अस्ट्रेलियासँग फाइब आइज गुप्तचर साझेदारी गठबन्धनको हिस्सा हो । यद्यपि आफ्नो व्यापारिक सम्बन्धलाई आफ्ना सहयोगीहरूको चिन्ताभन्दा माथि राखेर चीनमाथि नरम व्यवहार अपनाएकामा वेलिङ्टनको आलोचना गरिएको छ । 

चीन न्युजिल्यान्डको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो र चिनियाँ उपभोक्ताहरू लामो समयदेखि न्युजिल्यान्डको मासु, मदिरा, दूध र काठमा निर्भर छन् । 

‘चीन–न्युजिल्यान्ड सम्बन्ध विकसित मुलुकहरूसँगको चीनको सम्बन्धभन्दा अग्रपङ्क्तिमा रहनेछ’, विदेशमन्त्री वाङले भने, ‘हामीबीचको सम्बन्ध सुमधुर र राम्रोसँग विकसित भएको छ ।’

यसै साताको अन्त्यमा वाङले क्यानबेरामा अस्ट्रेलियाली विदेशमन्त्री पेनी वोङसँग भेट गर्नेछन्। चीन र अस्ट्रेलियाले हालै व्यापार विवादहरूको एउटा शृङ्खलाको समाधान गरेका छन् । 

क्यानबेराले फाइब जी सम्झौताबाट हुवावेलाई प्रतिबन्ध लगाएको र कोभिड-१९ को उत्पत्तिको जाँचको आह्वान गरेको जवाफमा बेइजिङले सन् २०२० मा प्रमुख निर्यातहरूमा शुल्क र व्यापार अवरोध लगाएको थियो ।  

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १२ : १५ बजे

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको