निःशुल्क मुटुरोग शिविरबाट ३४३ जना लाभान्वित | Khabarhub Khabarhub

निःशुल्क मुटुरोग शिविरबाट ३४३ जना लाभान्वित


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

रामेछाप– जिल्ला अस्पताल रामेछापमा आइतबार सञ्चालित एक दिने निःशुल्क मुटुरोग विशेषज्ञ स्वास्थ्य शिविरबाट तीन सय ४३ जना लाभान्वित भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठका अनुसार  सहिद गङ्गालाल फाउन्डेसन नेपालको आयोजना, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोग र रामेछाप नगरपालिका तथा जिल्ला अस्पतालको सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा गङ्गालाल अस्पतालका विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए ।

शिविरमा एक सय जनाको मुटुको भिडियो एक्सरे, एक सय १५ जनाको एसीजी र एक सय १८ जनाको  मुटु परीक्षण गरिएको  जिल्ला अस्पताल विकास समिति रामेछापका अध्यक्ष यम पाख्रिनले बताए । दश जना मुटुरोगीलाई भने थप उपचारका लागि गङ्गालाल अस्पताल सिफारिस गरिएको छ ।

शिविरको नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. सशाङ्क कोइरालाले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १२ : १६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग