चौँवन्न लाख बालबालिकाले दादुरा-रुबेलाविरुद्ध खोप लगाए « Khabarhub

चौँवन्न लाख बालबालिकाले दादुरा-रुबेलाविरुद्ध खोप लगाए


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सञ्चालन गरेको दादुरा-रुबेलाविरुद्धको खोप अभियानमा करिब ५४ लाख ४२ हजार चार सय ६९ बालबालिकाले खोप लगाइसकेका छन् । 

बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोप अभियानमा करिब ९३ प्रतिशतले खोप लगाएको जानकारी दिए। गत फागुन १३ गतेदेखि दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पश्चिमरुकुम र जाजरकोटबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको छ । ती जिल्लाका कूल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ । 

उनले यही चैत ७ गतेसम्म सबै लक्ष्य हासिल गर्नेसमेत बताए। 

‘हामीले सोचेजस्तो नै सबै बालबालिकाले खोप लगाएका छन्’, उनले भने, ‘हामीले निर्धारण गरेको लक्ष्यअनुसार सबै बालबालिकाले खोप लगाउँछन् ।’ दादुरा–रुबेलाको अतिसङ्क्रमित भारतसँग सीमा जोडिएका २१ तथा काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका र ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइँदैछ । 

खोप बिहान १० देखि अपराह्न ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोपकेन्द्रमा लगाइएको छ । खोप अभियानका लागि देशभरि ४८ हजार सात सय ९८ खोपकेन्द्र रहेका छन् । यस्तै ४९ हजार नौ सय ३७ स्वास्थ्यकर्मी र ५९ हजार नौ सय छ स्वयंसेवक परिचालन गरिएको छ । 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १२ : ४८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र