विकासलाई उत्पादनसँग जोड्ने बागमती प्रदेशको रणनीति | Khabarhub Khabarhub

विकासलाई उत्पादनसँग जोड्ने बागमती प्रदेशको रणनीति


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

मनहरी– बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले विकास निर्माणलाई उत्पादनसँग जोड्ने रणनीतिअनुसार काम गरिरहेको बताएका छन् । 

आज मकवानपुरको मनहरी गाउँपालिका वडा ९ र ५ जोड्ने रजैया दरदरा मोटरेबल पुलको शिलान्यासपछि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले विकासको लक्ष्य लिएर अघि बढेको जिकिर गरे। उनले विकास निर्माणलाई उत्पादनमुखी ढङ्गबाट अघि बढाएर आर्थिक समृद्धिमा अग्रसर हुने सरकारको लक्ष्य रहको बताए। 

कृषि, पर्यटन तथा उद्यमशीलतामा भूमिका खेल्ने गरी विकास निर्माण अघि बढाउने प्रदेश सरकारको तयारी रहेको उनको भनाइ थियो । सरकार परिवर्तनसँगै नीति परिवर्तन हुने समस्यालाई हल गरी पाँच वर्षे नीतिमा काम गर्दै प्रदेश सरकार अघि बढिरहेको उनले जानकारी दिए। विकासको ढाँचा परिवर्तन गरी प्रदेश सरकार अघि बढिरहेको उनको भनाइ थियो । 

‘प्रदेश सरकारले विषयगत क्षेत्रको विकासका लागि नीतिगत व्यवस्था गरेको छ । स्थानीय तहको सुझाव र विगतका अनुभवबाट प्रदेश सरकारले कामलाई परिस्कृत गर्दै अघि बढेको छ’, उनले  भने, ‘प्रदेश सरकारको आर्थिक समृद्धिको योजनामा भौतिक पूर्वाधार निर्माण चुनौती देखिएको छ ।’

उनका अनुसार प्रदेश सरकारले पूर्वाधार विकास अन्तर्गत ठूला सडक र पुलहरुमा लगानी गर्ने रणनीति बनाएको छ । साना योजना स्थानीय तहलाई  कार्यान्वयन गर्न दिने गरी प्रदेश सरकारले काम गरिरहेको मन्त्री जम्कट्टेलले बताए।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १ : २० बजे

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै

काठमाडौं–  प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आइतबारको बैठकमा सञ्चार

स्पेसएक्सले एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने

न्यूयोर्क– एलन मस्कको स्पेसएक्सले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआईमा दुई

नवराज सुवेदीको तर्क- राप्रपा छोड्छु भनेकै थिइनँ, लिङ्देन स्वेच्छाचारी हुन थाले

काठमाडौं- राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूलाई

‘दुखी आत्मा’को असफतापछि ‘मुनामदनको ब्रेकअप’ निर्देशन गर्दै दीपेन्द्र, हिरो राज कटुवाल

काठमाडौं – दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘मुनामदनको ब्रेकअप’ बन्ने भएको

प्रधानमन्त्रीबाट मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति