कैलाली भन्सारबाट २६ करोडको गहुँ आयात | Khabarhub Khabarhub

कैलाली भन्सारबाट २६ करोडको गहुँ आयात


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


930
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– कैलाली भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०-८१ को आठ महिनामा २६ करोड ३७ लाखको गहुँ आयात गरिएको छ । सोही अवधिमा  १२ करोड २१ लाखको मकै, पाँच करोड ९४ लाखको चामल र रु एक करोड ९२ लाखको तोरीको दाना आयात भएको छ । 

कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार चालु आवको आठ महिनामा आठ करोड ७१ लाखको तरकारी, १६ लाख ५० हजारको मटर, रु १४ लाख ८६ हजारको फर्सी, लौकालगायतको तरकारी, रु सात लाख ३३ हजारको प्याज, रु पाँच लाख २९ हजारको काँक्रा, रु सात लाख ४१ हजारको कागती र रु ६ लाख ७९ हजारको अन्य तरकारी आयात गरिएको छ ।

यस्तै चालु आवको सोही अवधिमा रु आठ करोड ४९ लाखको अङ्गुर, रु चार करोड ४९ लाखको अनार, रु दुई करोड ३० लाखको  अम्बा, आँपलगायतका फलफूल, रु दुई करोड ११ लाखको सुन्तला, रु ८७ लाख २९ हजारको स्याउ तथा रु ८४ लाख ७१ हजारको केरा आयात गरिएको सूचना अधिकारी खड्काले जानकारी दिए।

    राजस्व संकलनमा कमी

कैलाली भन्सार कार्यालयले चालु आवको आठ महिनामा लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको छैन् । चालु आवको फागुन मसान्तसम्म रु सात अर्ब ५६ करोड १६ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु पाँच अर्ब १३ करोड दुई लाखमात्रै संकलन भएको सूचना अधिकारी खड्काले जानकारी दिए।

चालु आवको साउनमा रु ७२ करोड ३५ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु ४६ करोड ८२ लाख, भदौमा रु ८८ करोड ४० लाख लक्ष्य रहेकामा रु ५१ करोड ९३ लाख, असोजमा रु ९७ करोड ८१ लाख लक्ष्य रहेकामा ६३ करोड १४ लाख तथा कात्तिकमा रु ९७ करोड ५२ लाख लक्ष्य रहेकामा रु ६१ करोड ४६ लाखमात्रै राजस्व संकलन भएको उनले बताए। 

यस्तै मङ्सिरमा रु एक अर्ब दुई करोड २५ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु ७३ करोड ३४ लाख, पुसमा एक अर्ब चार करोड १३ लाख लक्ष्य रहेकामा रु ६८ करोड ९० लाख, माघमा रु ९२ करोड ६९ लाख लक्ष्य रहेकामा रु ६६ करोड ६७ लाख तथा फागुनमा रु एक अर्ब ९८ लाख लक्ष्य रहेकामा रु ६९ करोड एक लाख मात्र राजस्व असुली भएको सूचना अधिकारी खड्काले जानकारी दिए ।

चालु आवमा कैलाली भन्सार कार्यालयको रु ११ अर्ब ५८ करोड २४ लाख राजस्व संकलनको लक्ष्य छ । चालु आवको आठ महिनामा रु पाँच अर्ब १३ करोड दुई लाखमात्र राजस्व असुली भएको छ । जुन वार्षिक लक्ष्यको ४३ दशमलव २८ प्रतिशत हो । आर्थिक वर्ष २०७९÷८० मा रु १२ अर्ब ३० करोड ६६ लाख लक्ष्य रहेकामा आठ अर्ब २९ करोड ६३ लाख मात्र राजस्व असुली भएको कार्यालयले जनाएको छ । यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्र हो । 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ३ : १८ बजे

आज २०८२ साल साउन १५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १५ गते बिहीबार। साउन

चुरे विनाशका कारण मधेसमा जलसङ्कट आयो : अध्यक्ष यादव

सप्तरी – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे

घर भत्किँदा किचिएर बालकको मृत्यु

सर्लाही – यहाँको चन्द्रनगर गाउँपालिका–६, कामद टोलमा आज एक घर

जनताका मुद्दा स्थापित गराउन सफल भएको रास्वपाकाे निष्कर्ष

रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज भैरहवामा

जानकीलाई स्वास्थ्यमन्त्रीको फोन : देशलाई तपाईंजस्तै स्वास्थ्यकर्मीको खाँचो छ

काठमाडौं – स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बैतडीको विकट गाउँमा सेवा